ममता काफ्ले हत्या प्रकरण : पति नरेश भट्ट अदालतद्वारा दोषी ठहर

बुधबार, २५ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं- नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको बहुचर्चित हत्या प्रकरणमा अमेरिकाको भर्जिनियास्थित अदालतले उनका पति नरेश भट्टलाई दोषी ठहर गरेको छ। 

प्रिन्स विलियम काउन्टी अदालतको जुरीले मंगलबार नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीर विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो ।

उनको सजाय सन् २०२७ मार्चमा निर्धारण हुने तय भएको छ । सजाय निर्धारण नभएसम्म नरेशलाई धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ । अदालतले दोषी ठहर गरेसँगै नरेशको धरौटीसमेत खारेज गरी उनलाई कडा सुरक्षा घेराभित्र हिरासतमा राखिएको छ।

यो घटनाले अमेरिकामा रहेका नेपाली समुदायसहित नेपालमा समेत गहिरो पीडा र चासो उत्पन्न गराएको थियो। अमेरिकी कानुनअनुसार प्रथम श्रेणीको हत्याको अभियोगमा उनलाई आजीवन कारावाससम्मको सजाय हुन सक्ने कानुनी प्रावधान रहेको छ। 

ममता काफ्ले सन् २०२४ को जुलाईदेखि रहस्यमय रूपमा सम्पर्कविहीन भएकी थिइन्। अनुसन्धानको क्रममा प्रहरीले उनका पति नरेशलाई पक्राउ गरेको थियो।

 

सुझावित समाचार