भाइटीकाको दिन काठमाडौं र भक्तपुरमा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बससेवा सञ्चालन

नि:शुल्क बस सेवा बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने

बुधबार, २५ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले तिहारको भाइटीकाको दिन आज काठमाडाैं उपत्यका र भक्तपुरमा सर्वसाधारण यात्रुहरूको सहज आवतजावतका लागि तीनवटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ ।

सार्वजनिक यातायातका साधनहरू अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारण नागरिकहरूलाई आवतजावतमा सुविधा पुर्याउने उद्देश्यका साथ सशस्त्र प्रहरी बल, नेपालद्वारा  निःशुल्क बससेवा सञ्चालन गरिएको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

nullसशस्त्र प्रहरी बल, नेपालले काठमाडौं र भक्तपुरमा सञ्चालन गर्ने  निःशुल्क बससेवा  आज  बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।

काठमाडौं उपत्यकामा  सञ्चालन गरिने बसहरूमध्ये सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरूलाई सेवा प्रदान गर्नेछ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर, नयाँ बसपार्क, हुँदै विभिन्न ठाउँका यात्रुहरूलाई निःशुल्क सेवा प्रदान गर्नेछ

यस्तै प्रधान कार्यालय स्वयम्भुदेखि भक्तपुरसम्म चल्ने बसले स्वयम्भू, कलंकी, बानेश्वर, कोटेश्वर, पेप्सिकोला,  सानोठिमी, पुरानो ठिमी, सल्लाघारी, लोकन्थली हुँदै पुनः बानेश्वर, कलंकी, स्वयम्भूसम्म सेवा दिनेछ ।

दसैँको समयमा  समेत सार्वजनिक यातायातको अभाव झेल्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै नागरिकलाई सहज यात्राको सुविधा दिलाउन सशस्त्र प्रहरी बल, नेपालले निरन्तर निःशुल्क बससेवा सञ्चालन गरेको थियो ।
 

सुझावित समाचार