पूर्वराष्ट्रपति भण्डारीले भाइलाई लगाइदिइन् तिहारको टिका

बुधबार, २५ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई तिहारको टिका र माला लगाइदिएकी छिन् । आज बिहान ११ बजेर ७ मिनेटको उत्तम साइतमा भण्डारीले आफ्ना भाइलाई तिहारको टिका लगाइदिएकी हुन्।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठुलो चाड तिहारको मुख्य दिन आज देश तथा विदेशमा रहेका नेपाली दाजुभाइले दिदीबहिनीकाे हातबाट टीका ग्रहण गर्दै छन् ।

यसैगरी भाइटीकाको अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूले पूजा, दर्शन तथा टीका लगाइरहेका छन्। 

सुझावित समाचार