काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको तिहारको टिका लगाएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितको हातबाट आज बिहान ११ बजेर ७ मिनेटको उत्तम साइतमा तिहारको टिका लगा लगाएका हुन्।
सो अवसरमा राष्ट्रपति पौडेललाई बहिनी शारदाले ओखर, बदामसहितका फलफूल र सौगात प्रदान गरिन्। राष्ट्रपतिले पनि बहिनीलाई टीका लगाएर उपहार र दक्षिणा प्रदान गरेका छन्।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठुलो चाड तिहारको मुख्य दिन आज देश तथा विदेशमा रहेका नेपाली दाजुभाइले दिदीबहिनीकाे हातबाट टीका ग्रहण गर्दै छन् ।
यसैगरी भाइटीकाको अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूले पूजा, दर्शन तथा टीका लगाएका छन्।