सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तीन सय शय्याको मेडिकल कलेज बनाइने

मंगलबार, १ जेठ, २०८१
डिजिटल संस्करण

सरकारले आगामी वर्षमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तीन सय शय्याको मेडिकल कलेज सञ्चालनमा ल्याउने जनाएको छ।

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तीन सय शय्या क्षमताको मेडिकल कलेज र प्राविधिक कार्यक्रम यसै वर्षदेखि सञ्चालनमा ल्याइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी आर्थिक वर्षदेखि एमबिबिएसलगायतका चिकित्सा शास्त्रको स्नातक तहको अध्ययनसमेत सुरु गरिने र  पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत अस्पताल सञ्चालनको तयारी गर्ने सरकारको योजना छ।

यस्तै, उदयपुर, मोरङ, पर्सा, चितवनलगायत देशका अन्य स्थानमा मेडिकल कलेज स्थापना तथा सञ्चालनका लागि आवश्यक तयारी गरिनेसमेत नीति तथा कार्यक्रममा उल्लेख छ।

सुझावित समाचार