मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २८ सोमबार १६:०२:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से २१ अंकले बढ्यो, कारोबार रकम ९४ करोडभन्दा बढी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २८ सोमबार १६:०२:००

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचकमा वृद्धि भएको छ। सोमबार नेप्से २१.२९ अंक बढेर एक हजार ९०४.४५ बिन्दुमा बन्द भएको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ४.५१ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १.३१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४९ अंकले बढेको छ।

सोमबार दुई सय २६ कम्पनीको २४ लाख ५२ हजार कित्ता सेयर ९४ करोड ६० लाख ८९ हजार रुपैयाँमा कारोबार भएको छ। आइतबारको तुलनामा सोमबार कारोबार रकम पनि बढेको छ। आइतबार ७७ करोडको सेयर खरिद–बिक्री भएको थियो।

सोमबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३.१३ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक, वित्त, होटेल तथा पर्यटन, जलविद्युत् र अन्य उपसमूहको परिसूचक दुई प्रतिशतभन्दा बढी बढेको छ।

नेप्से बढेसँगै तारागाउँ रिजेन्सी होटेलको सेयरमूल्य ९.८४ प्रतिशत बढेको छ। त्यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.३९ प्रतिशत बढेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमूल्य सात प्रतिशतभन्दा धेरै बढेको छ। सोमबार शिवम् सिमेन्ट्सको १० करोडभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ।