१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७९ कार्तिक २८ सोमबार ०७:००:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

दैलेख र कालिकोटका चुनावी सभामा ओली : ‘अहिलेको निर्वाचन देशको स्वाभिमानसँग जोडिएको छ’ 

Read Time : > 1 मिनेट
२०७९ कार्तिक २८ सोमबार ०७:००:००

एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीले मात्र देशको स्वाभिमान बचाउने बताएका छन् । एमाले जनता, देशको स्वाधीनताको पक्षमा, राष्ट्रहितको पक्षमा लाग्ने पार्टी भएकाले एमाले उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । दैलेखको चामुन्डामा आइतबार आयोजित चुनावी सभामा उनले यसपटकको निर्वाचन देशको स्वाभिमानसँग जोडिएको निर्वाचन भएको बताए ।

राष्ट्रको भविष्य कस्तो बनाउने भन्ने प्रश्न भएकाले देश बिग्रन नदिन, सार्वभौम सत्ता कमजोर हुन नदिन, मिचिएको भूमि फिर्ता ल्याउन एमालेलाई विजयी गराउनुपर्ने उनको भनाइ थियो । एमाले सरकारको पालामा भएका विकासले देशको समृद्धिको खाका कोरेको देखेपछि वर्तमान गठबन्धन सरकारले बजेट काटेको उनले आरोप लगाए । कांग्रेस लामो समयसम्म देशको कार्यकारी भूमिकामा रहे पनि देशका लागि एउटा पनि प्रभावकारी काम गर्न नसकेको ओलीले दाबी गरे । ‘राज्यको ढुकुटी लुट्न गठबन्धन सरकार बनेको छ । अहिलेको गठबन्धन जनताका लागि नभई व्यक्तिगत स्वार्थ र देशको आर्थिक अवस्था झन् कमजोर बनाउनेतर्फ अग्रसर छ,’ उनले भने ।

दैलेखमा उत्खननको प्रक्रियामा रहेको पेट्रोलियम पदार्थ ४ मंसिरपछि हुने आफ्नो नेतृत्वको सरकारले उत्खनन गर्ने बताउँदै उनले एमाले उम्मेदवारलाई विजय गराएर जनताले पठाएमा दैलेखको विकासको जिम्मा आफूले लिने बताए। 

यस्तै, कालिकोटमा आइतबार नै आयोजित चुनावी सभामा ओलीले तानाशाहविरुद्ध लड्दा आफू १४ वर्षसम्म जेल बसेको बताए । कालिकोटको रासकोट नगरपालिका स्युना बजारमा आयोजित चुनावी सभामा उनले धेरै समय माओवादी अध्यक्ष प्रचण्डको आलोचना गर्नमै बिताए । ‘नेपालमा गरिबका छोरीछोरीलाई लड्न लगाएर आफू भारतमा बसेर कपालमा जेल लगाए,’ उनले भने, ‘जनयुद्धका नाममा आफन्तलाई सेवा–सुविधा दिइरहेका छन् । घाइते, अपांगता र सहिद परिवारले के पाए ?’

माओवादी संकटमा परेका वेला एमालेले उद्धार गरेर यहाँसम्म ल्याएको, तर आफूले धोका पाएको ओलीले बताए । ‘प्रचण्डलाई सहअध्यक्ष बनाएँ । माओवादीसँग मिलेर एउटै घोषणापत्र ल्यायौँ । चुनावमा ३६ सिट जिताएँ । सिद्धिन्न लागेको माओवादीलाई बचाएँ । पार्टी एकीकरण गरेँ,’ उनले भने, ‘आफैँ अल्पमत पर्ने गरी मैले उनीहरूलाई पार्टीमा हैसियत दिएँ । तर, उनीहरूले त्यो गुण तिर्न सकेनन् ।’