Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ कार्तिक २२ मंगलबार २१:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गण्डकीका मन्त्री आचार्य बर्खास्त

Read Time : < 1 मिनेट
२०७९ कार्तिक २२ मंगलबार २१:४९:००

गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्य बर्खास्तीमा परेका छन् । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार आचार्यलाई बर्खास्त गरेका हुन् । 
०७४ सालको निर्वाचनमा तत्कालीन नयाँ शक्ति पार्टीबाट गोर्खा २ ‘ख’मा प्रत्यक्षतर्फ निर्वाचित आचार्य २९ जेठ ०७८ मा मन्त्री नियुक्त भएका थिए । मंगलबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधान ०७२ को धारा १६८ को उपधारा (९)बमोजिम मौजुदा मन्त्रिपरिषद् मुख्यमन्त्रीको सिफारिसमा जिम्मेवारी हेरफेर गरेका छन् ।
बर्खास्तीमा परेका आचार्यले गठबन्धनविरुद्ध मत मागेको आरोपमा आफूलाई मन्त्रीबाट निकालिएको प्रतिक्रिया दिए । ‘मलाई गठबन्धनविरुद्ध मत मागेको भन्ने आरोप छ । गठबन्धनविरुद्ध मत मागेको एउटा मात्र प्रमाण देखाउन म गठबन्धनका नेतालाई ठाडो चुनौती दिन्छु,’ उनले नयाँ पत्रिकासँग भने, ‘निर्वाचन आचारसंहिता लागू भएपछि नियुक्ति वा बर्खास्त गर्न पाइँदैन । मेरो बर्खास्ती सरासर कानुनविपरीत छ ।’ 
उनले आफूलाई बर्खास्त गरेर सत्तागठबन्धनले आफ्नो खुट्टामा आफैँले बन्चरो प्रहार गरेको टिप्पणी गरेका छन् । ४ मंसिरको निर्वाचनमा पार्टीले उम्मेदवार नबनाएपछि असन्तुष्ट रहेका आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यसवेला उनले एमालेसँग सहयोगसमेत मागेका थिए । सहयोग नपाएपछि उनले उम्मेदवारी फिर्ता लिएका थिए ।