१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १४ सोमबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १४ सोमबार २o:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सन्दीप लामिछानेको बैंक खाता र जग्गा रोक्का गर्न माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १४ सोमबार २o:३४:oo

बालिका बलात्कारका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेको बैंक खाता र चितवनमा रहेको जग्गा रोक्का राख्न सरकारी वकिलले माग गरेका छन्। 
जिल्ला अदालत काठमाडौंमा आइतबार १२ वर्ष सजाय माग गर्दै दर्ता गरिएको अभियोगपत्रमा सरकारी वकिलको कार्यालयले लामिछानेको बैंक खाता र जग्गा रोक्काको आदेश मागेको हो।

लामिछानेविरुद्ध आइतबार जिल्ला अदालतमा १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता भएको छ। क्षतिपूर्ति प्रयोजनका लागि लामिछानेको नाममा एनआइसी एसिया बैंकको खातामा रहेको नगद ६५ हजार २९८ रुपैयाँ र लामिछानेको नाममा चितवन– ७ कल्याणपुरमा रहेको जग्गा रोक्का गर्न अभियोगपत्रमा माग गरिएको हो। 

सरकारी वकिलको कार्यालयले संवेदनशील प्रकृतिको मुद्दा भएकाले बन्द इजलासमा राखेर गोपनीयता कायम गर्दै निरन्तर सुनुवाइ गर्न पनि इजलाससमक्ष माग गरेको छ। 

ad
ad
ad
ad