१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ३ बिहीबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक ३ बिहीबार १८:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाललाई पत्र काटेको आयोगले भन्यो- स्पष्टीकरण कारबाही हाेइन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक ३ बिहीबार १८:५२:oo

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई स्पष्टीकरण सोधेको छ। 

रौतहट जिल्लामा आयोजित कार्यक्रममा वैदेशिक रोजगारीमा जाने युवाहरूलाई प्रलोभनमा पार्ने गरी सम्बोधन गरेको उजुरी परेपछि अध्यक्ष नेपाललाई २४ घण्टाभित्र आफू उम्मेदवार रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा आफैँ उपस्थित भई वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको हो। 

निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी परेपछि उनीमाथि अनुसन्धानका लागि स्पष्टीकरण सोधिएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए। उनले आयोगले सोधेको स्पष्टीकरणलाई कारबाही भन्न नमिल्ने पनि स्पष्ट पारे। 

‘निर्वाचनको सन्दर्भमा दलीय प्रतिस्पर्धा र स्वतन्त्र रूपमा निर्वाचनमा प्रतिस्पर्धा गर्न चाहनुहुने सबैको समान हैसियत हुन्छ। हामीले सबैलाई समान व्यवहार गर्छौं। र, आचारसंहिता जुनजुन कुनाबाट उल्लंघन भएको छ, ती सबै उल्लंघनकर्ताज्यूहरूलाई उहाँहरू आफैँ आचारसंहिता तर्जुमा गर्न सहमति दिनुहुन्छ। स्पष्टीकरण सोध्नेबित्तिकै कारबाही भनेर हामीले बुझ्न मिल्दैन। स्पष्टीकरण सोध्ने भनेको अनुसन्धान गर्ने हो।’

आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी परेका सबै उम्मेदवारहरूमाथि स्पष्टीकरण सोध्ने कामलाई निरन्तरता दिइरहेको छ। अनुसन्धानको क्रममा त्यो पुष्टि भए मात्रै कारबाही हुने निर्वाचन आयुक्त भण्डारीले बताए।