१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १ मंगलबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १ मंगलबार १५:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चुनावी बहसका लागि देउवालाई ओलीको चुनौती, भने– म तयार छु, तपाईं तयार हो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १ मंगलबार १५:२o:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लाइभ डिबेटका लागि चुनौती दिएका छन्। निर्वाचनको समयमा पश्चिमा देशहरूमा उम्मेदवारहरूबीच बहस हुने गरेको उल्लेख गर्दै ओलीले आफू त्यसका लागि तयार रहेको बताएका छन्।

फेसबुकमा ओलीले लेखेका छन्, ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीले लाइभ डिबेटमा आउन आग्रह गर्नुभएको छ। धेरैजसोले मेरो र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीबीच एजेन्डा आधारित बहसका लागि सुझाव दिनुभएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको छ। म त यसका लागि तयार छु। देउवाजी नि ?’