१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
शशी थरुर
२o८१ जेठ ४ शुक्रबार o८:२१:oo
Read Time : > 3 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

भारतको सबैभन्दा पुरानो पार्टी कंग्रेसले आफूलाई पुनर्जीवित गर्न सक्ला ?

कंग्रेसलाई पुनर्जीवित गर्न भारतीय युवाहरूको आकांक्षालाई बुझ्ने र कंग्रेसले देशलाई अझ राम्रो बाटोमा लैजान सक्छ भन्ने दृढविश्वास दिलाउन सक्ने पार्टी नेतृत्वको खाँचो छ

Read Time : > 3 मिनेट
शशी थरुर
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o८:२१:oo

योवर्ष झन्डै २५ वर्षमा पहिलोपटक भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसले गान्धी–नेहरू परिवारका सदस्यभन्दा बाहिरबाट पार्टी अध्यक्ष चयन गर्दै छ । भारतको ‘सबैभन्दा पुरानो पार्टी’सँग अभिन्न रूपमा इतिहास जोडिएको गान्धी–नेहरू परिवारले पार्टी अध्यक्षको दौडमा प्रवेशै नगर्ने निर्णय गरेर सन् २०२४ को महत्वपूर्ण आम निर्वाचनअघि पार्टीलाई पुनर्जीवित गर्ने अद्वितीय अवसर प्रदान गरेको छ ।

कंग्रेसका वरिष्ठ नेता मल्लिकार्जुन खड्गेसँगै दुईमध्ये अर्काे उम्मेदवार म छु ।नेहरू–गान्धी परिवारको अध्यक्ष पद नलिने निर्णयले सन् २०२४ को आम निर्वाचनका लागि महत्वपूर्ण अर्थ राख्छ, साथै यसले कंग्रेसप्रति आम सर्वसाधारणको चासो बढाएको छ । पार्टीको आन्तरिक कलह र पछिल्लो चुनावी पराजयबाट ध्यान मोड्ने काम पनि यो निर्णयले गरेको छ ।

नेतृत्व चयनका लागि नौ हजार पार्टी कार्यकर्ताले आफ्नो मतदान गर्न गइरहँदा कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले पार्टीको एक सय ५० दिने ‘राष्ट्रिय एकता पदयात्रा (भारत जोडो यात्रा)’को एक हिस्साको रूपमा कन्याकुमारीदेखि कास्मिरसम्मको यात्राको नेतृत्व गर्नेछन् ।एक सय ३७ वर्ष पुरानो कंग्रेसको इतिहास गर्विलो छ, तर राष्ट्रिय र राज्य तहका थुप्रै निर्वाचनमा पराजय भोगेपछि यो पार्टी अहिले दोबाटोमा छ । यो पार्टी सन् १९७७, सन् १९८९ र सन् १९९६ का पराजयबाट पुनः उठेको साक्ष्य छ । आम निर्वाचनमा विजय हासिल गरेलगत्तै सन् १९८४ मा कंग्रेस नेतृत्व इन्दिरा गान्धी र सन् १९९१ मा राजीव गान्धीको दुःखद हत्या भएको थिए । तर, सन् २०१९ को आम निर्वाचनमा हार व्यहोरेलगत्तै पार्टी अध्यक्षबाट राहुल गान्धीले दिएको राजीनामा तीन वर्ष लामो नेतृत्व संकटमा परिणत भयो ।

कंंग्रेसले अहिलेका चुनौतीबाट कसरी पार पाउन सक्छ ? यो पार्टीले नयाँ पार्टी अध्यक्ष छान्नेबाहेक कंग्रेसको मुख्य कार्यकारी निकाय कार्यकारिणी समितिको पनि चयन गर्नुपर्नेछ । पार्टीका तमाम सदस्यलाई पार्टीको शक्तिशाली निकायको नेतृत्व चयन गर्न दिँदा त्यसले पार्टीका भावी नेताहरूलाई वैधानिकता प्रदान गर्न सहयोग गर्नेछ, अत्यावश्यक पुनः नवीकरणको जनादेश प्राप्त हुनेछ ।

कंग्रेस पार्टीले सन् २०१४ र सन् २०१९ को आमनिर्वाचनमा केवल १९ प्रतिशत मत मात्र प्राप्त गर्न सकेको छ र आफ्ना मतदातालाई सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)को पोल्टामा जान दिएको छ । उनीहरूलाई पुनः आफूतर्फ फर्काउन कंग्रेसलाई युवा ऊर्जा र नयाँ विचारको खाँचो छ, त्यसले मात्र बिजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू अन्धराष्ट्रवादी विचारधाराको मुकाबिला गर्न सक्छ ।

नयाँ नेतृत्वले मतदाताहरूलाई पनि उत्साहित बनाउँछ । युकेको कन्जरभेटिभ पार्टीका सदस्यहरूले सन् १०१९ मा थेरेसा मेको उत्तराधिकारीको रूपमा बोरिस जोन्सनलाई पार्टीको नेतृत्व र प्रधानमन्त्रीको रूपमा चयन गरेपछि उक्त टोरी दलले सन् १९८७ यताकै ठूलो संसदीय बहुमत हासिल गर्न सफल भएको थियो ।
अहिलेको कंग्रेस नेतृत्वको प्रतिस्पर्धाको नतिजा जेसुकै भए पनि यसले पार्टीलाई पुनर्जीवित गर्न र भारतीय लोकतन्त्रको रक्षामा योगदान गर्नेमा मलाई विश्वास छ । पार्टी अध्यक्षको निर्वाचन आन्तरिक अभ्यास हुँदाहुँदै पनि त्यसले कंग्रेसलाई आफ्नो राजनीतिक आधारलाई ऊर्जा प्रदान गर्ने र व्यापक सार्वजनिक चासो उत्पन्न गर्ने अवसर पनि प्रदान गर्नेछ ।

नेतृत्वबाट पछि हट्ने गान्धी परिवारको निर्णय पार्टीलाई पुनर्जीवित गर्ने कुञ्जी हो । अहिलेका दुवै उम्मेदवारले पार्टी र राष्ट्रबारे आ–आफ्ना दृष्टिकोण अघि सारेर आफूलाई लोकतान्त्रिक मतसमक्ष समर्पण गरिसकेका छन् । यसले वंशवादको राजनीतिको अध्यायलाई यहीँ विश्राम दिलाएको छ । यसबाहेक, यसले कुनै पनि अन्य भारतीय राजनीतिक दलसँग भावी नेतृत्व निर्धारण गर्ने सवालमा कंग्रेसकोतुलनीय प्रक्रिया छैन भन्ने तथ्यलाई पनिउजागर गर्छ । पार्टी संविधानको दायरामा रहेर कंग्रेसले अन्य राजनीतिक दलहरूलाई पनि आन्तरिक लोकतन्त्रको आलोकमा जान प्रोत्साहित गर्न सक्छ ।

तर कंग्रेसलाई शक्तिमा फर्काउन पार्टीको नयाँ निर्वाचित नेतृत्वले आफ्ना कट्टर समर्थकभन्दा माथि उठेर पार्टीको आकर्षण बढाउने उपायहरूको खोजी गर्नुपर्नेछ । यो पार्टीले सन् २०१४ र सन् २०१९ को आम निर्वाचनमा केवल १९ प्रतिशत मत मात्र प्राप्त गर्न सकेको छ र आफ्ना मतदातालाई सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को पोल्टामा जान दिएको छ । उनीहरूलाई पुनः आफूतर्फ फर्काउन कंग्रेसलाई युवा ऊर्जा र नयाँ विचारको खाँचो छ, त्यसले मात्र बिजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू अन्धराष्ट्रवादी विचारधाराको मुकाबिला गर्न सक्छ । कंग्रेसलाई पुनर्जीवित गर्न भारतीय युवाहरूको आकांक्षालाई बुझ्ने र कंग्रेसले देशलाई अझ रामो बाटोमा लैजान सक्छ भन्ने दृढ विश्वास दिलाउन सक्ने पार्टी नेतृत्वको खाँचो छ ।

भारतलाई एक्काइसौँ शताब्दीले प्रदान गरेका अवसरहरूको सदुपयोगमा सहयोग गर्न कंग्रेसले देशको भविष्यका लागि सकारात्मक र महत्वाकांक्षी दृष्टिकोण प्रस्तुत गर्नैपर्छ । तर, पहिले यसले पछिल्ला चुनावी अभियानमा असफलता दिलाउने आफ्ना संगठनात्मक र संरचनागत कमी–कमजोरीलाई ठिक गर्नुपर्छ । यसका नयाँ अध्यक्षले प्रभावकारी नेतृत्वलाई संगठनात्मक सुधारसँग संयोजन गरेर लैजानु पर्नेछ । राज्यका नेतालाई अधिकार प्रत्यायोजनले कंग्रेसको नयाँ नेतृत्वलाई प्रशासनिक कामकारबाहीका झमेलाबाट मुक्ति दिलाउनेछ र त्यसले सबल स्थानीय नेतृत्व निर्माणमा पनि सहयोग गर्नेछ । संगठनात्मक कमजोरीका कारण विगतका दशकमा कंग्रेसले आकर्षित गर्न सकेको थिएन । 

यी कुनै पनि सुधार सजिला छैनन् । तर, आफ्नो इतिहासका सबै कालखण्डमा कंग्रेसले बदलिँदो राजनीतिक परिस्थितिअनुरूप आफूलाई अनुकूलन गर्दै र बदल्दै लैजाने कार्यमा अथाह क्षमता प्रदर्शन गरेको छ । भारतका जनता भाजपाको दम्भी र बढ्दो विभाजनकारी शासनशैलीबाट थाकेका छन् । मुलुकलाई एकताबद्ध गर्न र आफूलाई पुनर्जीवित गर्न कंग्रेसले राष्ट्रिय एकता यात्रा र आसन्न नेतृत्वको निर्वाचनलाई स्पष्ट वैचारिक विकल्पको रूपमा स्थापित गर्न प्रयोग गर्नुपर्छ । भारत योभन्दा कमको हकदार छैन ।

(युएनका पूर्वउपमहासचिव तथा भारतीय राष्ट्रिय कंग्रेसका संसद् थरुर भारतीय कंग्रेस पार्टीका अध्यक्ष पदका प्रत्याशी हुन्)  
ë Project Syndicate र नयाँ पत्रिकाको सहकार्य

ad
ad