मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २५ मंगलबार
  • Thursday, 19 December, 2024
रासस फुङ्लिङ
२o७९ असोज २५ मंगलबार ११:o९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एक सय ४३ तोला सुन बरामद

Read Time : > 1 मिनेट
रासस, फुङ्लिङ
नयाँ पत्रिका
२o७९ असोज २५ मंगलबार ११:o९:oo

प्रहरीले कञ्चन मनी ट्रान्सफर लुटपाटमा संलग्न तीन लुटेराको साथबाट  ६ लाख १३ हजार तीन सय ४० रुपैयाँ र एक सय ४३ तोला सुन सोमबार बेलुका बरामद गरेको छ ।

जिल्ला सदरमुकाम फुङलिङस्थित सो ट्रान्सफरमा कार्यरत कर्मचारीलाई नियन्त्रणमा लिएर चार लुटेराले यही १७ असोजमा नगद तथा सुन लुटेका थिए।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कैलाश राईले  लुटपाटमा संलग्न चार आरोपीमध्ये तीनजनालाई सोमबार राति पक्राउ गरिएको र  उनीहरूको साथबाट नगद तथा सुन बरामद गरिएको जानकारी दिए । पक्राउ पर्नेमा फुङलिङ नगरपालिका– २ का २९ वर्षीय राजन भन्ने राजायन्द्र पर्तेल, झापा शिवसतासी नगरपालिका– १ का २६ वर्षीय चुनबहादुर सुनार र झापाकै अर्जुनधारा नगरपालिका– १० का २५ वर्षीय मणिराज पर्तेल छन् ।
 
फरार रहेका एकजनाको खोजी जारी रहेको प्रनाउ राईले जानकारी दिए । उनीहरूको साथबाट नगद ६ लाख १३ हजार तीन सय ४० सहित एक सय ४३ तोला सुन बरामद गरेको हो । बरामद गरेका नगद र सुनका गरगहनाबाहेक एक थान पेस्तोल, कर्मचारीलाई नियन्त्रणमा लिनका लागि प्रयोग गरिएको सामान (डोरी, कैँचीलगायत सामग्री) प्रहरीले सार्वजनिक गरेको छ ।

मनी ट्रान्सफरका सञ्चालक अम्बरकुमार श्रेष्ठले दिएको जाहेरीमा ११ लाख ६३ हजार दुई सय ५० रुपैयाँ  लुटपाट भएको उल्लेख गरिएको छ । यसैगरी हाल सुनको बजारभाउअनुसार  तीन करोड ३९ लाख ९९ हजार ६ सयबराबरको तीन सय ४८ रुपैयाँ तोला सुन लुटपाट भएको जनाएका छन् ।

पैसा पठाउने र दिने आइएमईसँग सुन कारोबारको इजाजत भए–नभएकोबारे कागजात अनुसन्धान गर्न तयारी रहेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए । उनले भने, ‘सुन कारोबार (जाकट) इजाजत छ वा छैन, कागजात मागेका छौँ, अनुसन्धान हुन्छ ।’

आरोपीले आइएमईमा कार्यरत कर्मचारी ३३ वर्षीया आशामाया प्रधानलाई पेस्तोलसहित नियन्त्रणमा लिएर नगद र गरगहना लुटपाट गरेका थिए । लुटपाटमा संलग्न लागुपदार्थ सेवनकर्ता भएको प्रहरीले जनाएको छ । उनीहरूले गरगहना लुटपाटको योजना काठमाडौ‌ंस्थित ग्रान्डी अस्पतालनजिक बसेर बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ । आरोपितविरुद्ध अदालतबाट थप १० दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।