मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असोज २४ सोमबार १७:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

व्यापक असन्तुष्टि खेपेका कमल थापा एमाले पार्टी कार्यालयमा उपस्थित

Read Time : < 1 मिनेट
२०७९ असोज २४ सोमबार १७:११:००

एमालेको समर्थनमा मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका राप्रपा  नेपालका अध्यक्ष कमल थापा सोमबार एमाले मकवानपुरको पार्टी कार्यालयमा उपस्थित भएका छन्।

राप्रपा नेपालका अध्यक्ष थापालाई टिकट दिएको विषयलाई लिएर एमाले मकवानपुरमा व्यापक असन्तुष्टि देखिइरहेको वेला सोमबार भएको एउटा पार्टी प्रवेश कार्यक्रममा थापा उपस्थित भएका हुन्।

चुनावी प्रतिस्पर्धाका रूपमा राजनीतिमा अन्तिम प्रयास भएको बताउँदै थापाले एमाले कार्यकर्तालाई एकताबद्ध भएर आफूलाई जिताइदिन आग्रह गरे। 

आफ्नो लामो राजनीतिक यात्रामा मकवानपुरमा अझै केही गर्न बाँकी रहेको उल्लेख गरेका उनले यसपटक चुनाव जितेर त्यो पूरा गर्ने बताए। 

थापालाई एमाले नेतृत्वले टिकट दिएपछि भने एमाले कार्यकर्तामा असन्तुष्टि देखिएको छ। उम्मेदवारी मनोनयनको दिन हिजो आइतबार एमाले कार्यकर्ताहरूले पार्टी कार्यलयमा तालाबन्दी गर्नुका साथै पार्टी कार्यालयमा राखिएको बोर्डसमेत तोडफोड गरेका थिए।

थापा उम्मेदवारी दर्ता गर्नसमेत एमालेका नेता तथा कार्यकर्ताविनै निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। उनीसँग उनका भाइ गणेश थापा, पार्टीका महामन्त्री राजाराम बर्तौला र जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटा निर्वाचन कार्यालय पुगेका थिए।