१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७९ असोज ५ बुधबार १६:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपतिले संविधान उल्लंघन गरेर मुलुकलाई द्वन्द्वतर्फ धकेल्नुभयो : प्रथम राष्ट्रपति

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७९ असोज ५ बुधबार १६:३७:००

प्रथम राष्ट्रपति डा. रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेर दोस्रोपटक संविधानको उल्लंघन गरेको  बताएका छन्। 

बुधबार जनकपुरधामस्थित सरस्वती नमुना माविको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रथम राष्ट्रपति डा. यादवले यस्तो आरोप लगाएका हुन्। 

‘राष्ट्रपति  भण्डारीज्यूले आज दोस्रोपटक संविधानको उल्लंघन गर्नुभएको छ,’ उनले भने, ‘प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित गरेर दुई–दुईचोटि पठाए पनि ती संस्थाहरूको गरिमालाई ख्याल नै नगरी राष्ट्रपतिज्यूले विधेयकलाई प्रमाणीकरण नगरी फिर्ता पठाएर संविधानविपरीत काम गर्नुभएको छ, पहिलोपटक प्रतिनिधिसभा विघटन गरेर र आज फेरि नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरी फिर्ता गरेर।’

संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले एकपटक आफूकहाँ आएको विधेयक प्रमाणीकरण नगरेर फिर्ता पठाउन सक्छन्, तर दोस्रोपटक प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पास भएर आएकाे विधेयक फिर्ता पठाउन सक्दैनन्, उहाँले संघीय गणतन्त्रिक व्यवस्था भएको मुलुक भारत, अमेरिका, युरोपेली मुलुकसहितमा भएको व्यवस्थाहरू हेर्नुपर्ने थियो, विज्ञहरूसँग सल्लाह लिनुपर्ने थियो। तर, त्यसो नगरी संविधानलाई उल्लंघन गरी मुलुकलाई द्वन्द्वतर्फ धकेल्नुभयो।’

एक अर्को प्रसंगमा समाजले शिक्षाप्रति चासो नदेखाउँदा तराई–मधेस सामुदायिक विद्यालयको शिक्षाकाे स्तर निकै कमजोर भएको उनको ठहर छ। 

कार्यक्रममा पूर्वराष्ट्रपति डा. यादव र सहरी विकासमन्त्री मेटमणि चौधरीले १० करोडको लागतमा निर्माण हुने सरस्वती नमुना माविको भवनको संयुक्त रूपमा शिलान्यास गरेका छन्। उक्त विद्यालयबाट पूर्वराष्ट्रपति डा. रामवरण यादवले विद्यालयस्तरको शिक्षादीक्षा लिएका थिए।