Skip This
प्रथम राष्ट्रपतिको प्रश्न- प्राकृतिक सम्पदाको दोहन हुँदा राज्य संयन्त्र किन मौन ? 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १४ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज १४ शुक्रबार १६:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रथम राष्ट्रपतिको प्रश्न- प्राकृतिक सम्पदाको दोहन हुँदा राज्य संयन्त्र किन मौन ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १४ शुक्रबार १६:४६:oo

प्रथम राष्ट्रपति डा. रामवरण यादवले प्राकृतिक सम्पदाहरूको दोहन हुँदासमेत राज्य संयन्त्र मौन रहेको भन्दै दुःखेसो गरेका छन्। 

शुक्रबार काठमाडौंमा आयोजित १५३औँ गान्धीजयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले प्रकृति दोहनका कारण हिमालको हिउँ आवश्यकभन्दा धेरै पग्लिरहेको र यसले विभिन्न समस्या सिर्जना गरिरहेको बताए। 

पूर्वराष्ट्रपति यादवले नदीनाला दोहन, तराईका जंगलको विनाश, चुरे क्षेत्रको दोहन र चुनढुंगा निकाल्ने बहानामा भइरहेको पहाडको दोहनका कारण प्राकृतिक विपद्हरू दिनप्रतिदित बढिरहेको बताए। 

उनले नेपालमा मात्रै नभई विश्वमा नै  क्लाइमेट इमर्जेन्सी, ग्लोबल वार्निङको समस्या रहेको बताए। उनले वैज्ञानिकहरूले प्राकृतिक स्राेत सम्पदाहरूको दोहन गर्दा आउन सक्ने परिणामको चेतावनी दिँदासमेत विश्वका नेतृत्वकर्ताहरूले जलवायु परिवर्तनको विषयमा कुनै चासो नदिएको बताए। 

प्रथम राष्ट्रपति यादवले प्रकृति दोहन गर्दा हाल जलवायु परिवर्तनको असर, खाद्यान्न अभाव, इन्धनको अभावजस्ता समस्या बढिरहेको उल्लेख गर्दै यस्ता समस्या समाधानका लागि विशेष योजना बनाएर अघि बढ्नुको विकल्प नरहेको जिकिर गरे।

उनले प्रकृतिको संरक्षण नगरे मानव सभ्यता नै धरापमा पर्ने अवस्था आइसकेको बताए।
 
उनले भने, ‘अहिले क्लाइमेट इमर्जेन्सी छ संसारमा। ग्लोबल वार्निङ भएर हाम्रो हिमालको हिउँ पग्लिरहेको छ। अन्टार्कटिकाको हिउँ पग्लिरहेको छ। साइबेरियामा आगो लागिरहेको छ। वैज्ञानिकहरूले यसबारेमा चेतावनी दिइरहेका छन्। तर, अहिलेको संसारका कोही पनि नेतृत्वकर्ताले यसमा चासो दिएका छैनन्। जलवायु परिवर्तनको असर, खाद्यान्न अभाव, इन्धनको अभावजस्ता समस्या बढिरहेका छन्। २१औँ शताब्दीमा रुस र युक्रेनको युद्धले लाखौँ मानिस मरिरेहका छौँ।’ 

प्रथम राष्ट्रपति यादवले प्राकृतिक सम्पदाहरूको विनाशका कारण कोरोनालगायतका विभिन्न रोग आइरहेको भन्दै प्रकृतिको संरक्षण गर्न सबै जुट्नुको विकल्प नरहेको बताए। उनले महात्मा गान्धीको जीवनी आफैँमा एउटा पुस्तक रहेकाले सबैले गान्धीको जीवनबाट पाठ सिक्न आवश्यक भएको बताए।