मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १५ सोमबार ०६:५१:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अदालतको विवाद मिलाउन प्रधानमन्त्रीले पहल नगरेकोमा पूर्वराष्ट्रपतिको आपत्ति : न्याय क्षेत्रका विज्ञहरूसँग सल्लाह गरेर सरकारले समाधान खोज्नुपर्दैन ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १५ सोमबार ०६:५१:००

पूर्वराष्ट्रपति डा. रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न पहल नगरेको भन्दै सरकारको आलोचना गरेका छन् । न्यायालय विवादमा फसेका वेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरेको उनको टिप्पणी छ । ‘न्याय क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू, कानुनविद्हरूसँग सल्लाह गरेर समस्या समाधान गर्नुपर्दैैन ?’ आइतबार ‘बिपी विचार, नीति र व्यवहार’ नामक पुस्तकको विमोचन गर्दै पूर्वराष्ट्रपति यादवले भने, ‘न्यायालय बेहाल अवस्थामा रहेका वेला सम्माननीय प्रधानमन्त्री बेलायत जानुभएको छ । यस्तो अवस्थामा हामी संसारको सामुन्ने अनुहार देखाउन सक्छौँ ?’

सारा न्यायाधीश, नेपाल बार, कानुनविद् सबै एक ठाउँमा रहेका वेला पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिन्नँ भनेर कसको आडमा बोलिरहेको भन्दै पूर्वराष्ट्रपति यादवले सरकार र दलहरूमाथि प्रश्न गरे । ‘न्यायालयमा सारा न्यायाधीश, बुद्धिजीवी, संविधानविद्, कानुनविद्हरू एकातिर छन् । यस्तो अवस्थामा प्रधानन्यायाधीश भन्छन् कि म छोडदिनँ । केही नभए पनि एक्लै बेन्चमा बस्छन् । कसको तागतमा ?’ यादवले भने, ‘सरकारले आफ्नो ट्र्याक टु डिप्लोमेसीबाट न्यायका प्रतिष्ठित व्यक्ति, कानुनविद्हरूसँग सल्लाह गरेर समस्यालाई हल गर्नुपर्दैन ?’

संविधानमै व्यवस्था नभएको संसद् भंग गर्ने तत्कालीन  प्रधानमन्त्री केपी ओलीका गलत निर्णयमा सघाएको भन्दै पूर्वराष्ट्रपति यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति पनि असन्तुष्टि जनाए । दलहरू संविधानको कार्यान्वयन गर्न गम्भीर नभएको भन्दै चिन्तासमेत व्यक्त गरे ।