Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
सत्ता गठबन्धनकाे बैठक । तस्बिर : नयाँ पत्रिका अर्काइभ
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ५ बुधबार ०९:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अब के गर्ला सत्तागठबन्धन ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ५ बुधबार ०९:४८:००

प्रधानमन्त्रीनिवास बालुवाटारमा सत्तागठबन्धनको बैठक बसिरहेको छ । बैठकमा संवैधानिक व्यवस्था लत्याउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछिको अवस्थाबारे छलफल भइरहेको नेताहरूले बताएका छन् ।
 
संघीय संसद्ले दोस्रोपटक पठाएको नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने भए पनि राष्ट्रपतिले संविधानले दिएको १५ दिनको समयसीमा गुजारेपछि नयाँ परिस्थिति उत्पन्न भएको छ । 

सभामुखले २० भदौमा पठाएको विधेयक मंगलबार मध्यरातसम्ममा प्रमाणीकरण हुनुपर्ने थियो । राष्ट्रपतिले संविधानको गम्भीर उल्लंघन गरेपछि त्यसको कानुनी वा राजनीतिक के उपचार खोज्ने भन्नेबारे गठबन्धनमा छलफल चलेको छ ।