मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ३० बिहीबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ ३० बिहीबार o७:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

डेंगुका बिरामीले राजधानीका अस्पताल भरिभराउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ ३० बिहीबार o७:२५:oo

डेंगुका बिरामीले पछिल्लो समय राजधानीका अस्पतालहरू भरिभराउ छन् । सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत यसका बिरामीको चाप बढेको छ ।

यसबाहेक निजी अस्पतालमा पनि उपचारका लागि पुग्ने संक्रमितको संख्या पनि उत्तिकै छ । सिभिल अस्पताल बानेश्वरमा दैनिक दुई सयजना डेंगुका बिरामी उपचारका लागि आउने गरेका छन् । उनीहरूलाई सामान्य उपचारपछि इन्मर्जेन्सीबाट सिटामोल दिएर घर फर्काउने गरिएको छ । गम्भीर लक्षण देखिएकाहरू भर्ना भएर उपतचाररत छन् ।

हाल सिभिलमा १३ जना डेंगुका बिरामी छन् । त्यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ३० जना भर्ना भएका छन् । चारजनाको आइसियूमा उपचार भइरहेको छ ।

त्रिवि शिक्षण अस्पतालमा ३८ जना अस्पताल भर्ना भएका छन् । त्यसमध्ये तीनजनाको आइसियूमा उपचार भइरहेको छ । त्यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ जना डेंगुका बिरामी भर्ना भएका छन् । दुईजनाको आइसियूमा उपचार भइरहेको छ । वीर अस्पतालमा पनि १७ जना डेंगुका बिरामी भर्ना भएका छन् ।