मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २९ बुधबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २९ बुधबार o७:१४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हिरोको नयाँ सुपर स्प्लेन्डर बजारमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २९ बुधबार o७:१४:oo

मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरो मोटोकर्पले नेपाली बजारमा नयाँ सुपर स्प्लेन्डर सार्वजनिक गरेको छ । हिरो स्कुटर तथा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालि (एनजिएम)ले प्रिमियम बोल्ड डिजाइन र नवीनतम प्रविधिका साथ सुपर–पावर, सुपर–माइलेज र सुपर–कम्फर्टको तेब्बर (ट्रिपल) प्रतिज्ञाका साथ नयाँ मोटरसाइकल बजारमा ल्याएको हो । 

यसले परिष्कृत इन्धन दक्षता प्रदान गर्ने तथा नयाँ डिजी–एनालग क्लस्टर, इन्टिग्रेटेड युएसबी चार्जर, साइड–स्ट्यान्ड इन्जिन कट–अफ र रिफ्रेस लुकजस्ता रोमाञ्चक नयाँ सुविधाहरू भएको कम्पनीको दाबी छ । यसमा रहेको स्मार्ट टेक्नोलोजीले सवारीचालकलाई सवारी र कनेक्टिभिटी कार्यहरूको पहुँच छिटो र छरितो रूपमा प्रदान गर्ने जनाइएको छि । इन्टिग्रेटेड युएसबी चार्जिङ पोर्टका साथै डिजी–एनालग स्पिडोमिटरले रियल टाइम माइलेज इन्डिकेटर, सर्भिस सेड्युल रिमाइन्डर र लो फ्युल इन्डिकेटर पनि उपलब्ध रहेको कम्पनीको भनाइ छ । 

नयाँ सुपर स्प्लेन्डरमा एक सय २५ सिसी, एयर कुल्ड, ४ स्ट्रोक, सिंगल सिलिन्डर इन्जिन रहेको जनाइएको छ । यसले ७५०० आरपिएममा १०.७ बिएचपी उत्पन्न गर्छ र ६० आरपिएममा १०.६ एनएमको टर्क उत्पन्न गर्ने कम्पनीले जनाएको छ । इन्जिनमा एड्भान्स प्रोग्राम्ड फ्युल इन्जेक्सन सिस्टम, वेट मल्टी प्लेट क्लच र पूर्णतः नयाँ फाइभ स्पिड गियरबक्स रहेको उल्लेख छ । यसमा फ्रन्ट टेलिस्कोपिक हाइड्रोलिक सक अब्जर्बर र रियर ५ स्टेप एडजस्टेबल हाइड्रोलिक सक अब्जर्बर रहेको जनाइएको छ । 

चालक र पछाडिका यात्रु दुवैका लागि सुरक्षा सुनिश्चित गर्न यसमा ‘साइड–स्ट्यान्ड भिजुअल इन्डिकेसन’ र ‘साइड–स्ट्यान्ड इन्जिन कट–अफ’ रहेको जनाइएको छ । यसका साथै यसमा डिस्क ब्रेकको विकल्प र राम्रो ह्यान्डलिङका लागि कम्बी ब्रेकिङ सिस्टम (सिबिएस)को विकल्प पनि रहेको उल्लेख छ । ग्लेज ब्ल्याक, नेक्सस ब्लू, क्यान्डी ब्लेजिङ रेड र डस्की ब्ल्याक गरी चार रङमा उपलब्ध रहेको यो मोटरसाइकलको मूल्य दुई लाख ६६ हजार रुपैयाँ तोकिएको छ ।