मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १९ आइतबार
  • Thursday, 19 December, 2024
२o७९ भदौ १९ आइतबार २o:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी महासचिव प्रतिनिधिसभाका लागि लमजुङबाट सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ १९ आइतबार २o:३२:oo

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ लमजुङबाट प्रत्यक्षतर्फ सिफारिस भएका छन्। माओवादी केन्द्र जिल्ला समन्वय समिति लमजुङको आइतबार बसेको दोस्रो पूर्ण बैठकले महासचिव गुरुङको नाम सिफारिस गरेको हो। 

उनीसँगै प्रत्यक्षतर्फ केन्द्रीय सदस्य देवेन्द्र पराजुलीको नाम पनि सिफारिस गरेको छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ मधु अधिकारी गुरुङ, उर्मिला माझी र ऋषिराम पौडेलको नाम सिफारिस गरिएको छ। प्रदेश क को प्रत्यक्षतर्फ मधु अधिकारी गुरुङ, हरिजङ तामाङ, मेखबहादुर भण्डारी, र होमबहादुर विकको नाम सिफारिस भएको छ। प्रदेश ख मा बिमल अधिकारी र रामचन्द्र पौडेलको नाम सिफारिस भएको छ। 

प्रदेश सभामा समानुपातिकमा जनजाति महिलामा सतीमाया तामाङ, दलित पुरुषमा सुनील सुनार, देवबहादुर गहतराज, खस-आर्य महिलामा शोभा थापा, खस-आर्य पुरुषमा निराजन कुँवर र दयासागर घिमिरे, अल्पसंख्यकमा नन्दबहादुर कुमाल, दलित महिलामा जुना विक, आदिवासी जनजाति पुरुषमा टकराज गुरुङ र अजय तामाङ र मुस्लिमतर्फ मोहमद जलालदिन मियाको नाम सिफारिस गरिएको जिल्ला संयोजक लालबहादुर गुरुङले बताए।