सिद्धार्थ बैंक लिमिटेडले ‘एक्सलेन्स इन प्रिपेड कार्ड बिजनेस २०२२’ अवार्ड प्राप्त गरेको छ । भिसाद्वारा आयोजित भिसा लिडरसिप कन्क्लेभ पेमेन्ट्स इन्नोभेसन फर डिजिटल नेपाल कार्यक्रममा बैंकले उक्त अवार्ड प्राप्त गरेको हो ।
भिसाअन्तर्गत रहेका नेपालका बैंकहरूमध्ये प्रिपेड कार्ड व्यवसायमा उत्कृष्ट उपलब्धि हासिल गरेका आधारमा बैंकले उक्त अवार्ड प्राप्त गरेको हो । सिद्धार्थ बैंकलाई यसअघि पनि भिसाले नयाँ आइडियालाई अवलम्बन गरी कार्ड सेवालाई प्रभावकारी बनाएका आधारमा एक्सलेन्स इन इन्नोभेसन अवार्ड प्रदान गरेको थियो ।