१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ श्रावण २६ बिहीबार १२:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रवि लामिछाने नेतृत्वको पार्टीको प्रचार सामग्री च्यातियो 

Read Time : < 1 मिनेट
२०७९ श्रावण २६ बिहीबार १२:३०:००

रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार सामग्री च्यातिएको छ । बागमती प्रदेशको राजधानी हेटौँडामा सो पार्टीले आयोजना गर्न लागेको बागमती प्रदेश भेलाको प्रचार सामग्री च्यातिएको हो ।

हेटौँडाको बुद्धचोकबाट सीमा चोकक्षेत्रमा टाँगिएको प्रचार सामग्री कसले च्यातेको हो भन्ने खुलेको छैन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले घटनाको अनुसन्धान तथा प्रचार सामग्री च्यात्नेको खोजी भइरहेको जानकारी दिए । 
 

लामिछाने नेतृत्वको पार्टीको भोलि बागमती प्रदेश भेला आयोजना हुँदै छ । जिल्ला तथा पालिका समितिहरूको नेतृत्व चयन गर्न भेला आयोजना गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ ।