१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १६:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सरकारले स्वास्थ्य बिमा कार्यक्रम खारेज गर्न लागेको एमाले सांसद अधिकारीको आरोप 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १६:४९:oo

एमालेका सांसद खगराज अधिकारीले स्वास्थ्य बिमा कार्यक्रमलाई जनपक्षीय रूपमा सञ्चालन गर्न सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै सांसद अधिकारीले सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई खारेज गर्न लागेको आरोप लगाए । सरकारी अस्पतालहरूले स्वास्थ्य बिमा कार्यक्रमलाई लागू गर्न नसकेको र सरकारले पनि भुक्तानी दिन नसकेको भन्दै उनले बिमा कार्यक्रमलाई सरकारले रद्द गर्न लागेको उनकाे आराेप थियाे ।

सांसद अधिकारीले स्वास्थ्य बिमा कार्यक्रममार्फत ज्येष्ठ नागरिक, अपांगता भएका नागरिक तथा एचआइभी/एड्स संक्रमितहरूले लाभ लिइरहेकाले उनीहरूको स्वास्थ्यमाथि खेलबाड नगर्न चेतावनीसमेत दिए । ‘स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स गर्न पाइँदैन । अपांगता भएका जनताको स्वास्थ्यमाथि खेलबाड गर्न पाइँदैन । ज्येष्ठ नागरिकमाथि खेलबाड गर्न पाइँदैन । एचआइभी/एड्स संक्रमितहरूमाथि खेलबाड गर्न पाइँदैन’, उनले भने, ‘स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध सबैलाई स्वास्थ्य बिमा कार्यक्रममा समाहित गर्नका निम्ति जोडदार माग संसदीय दलको तर्फबाट गर्न चाहन्छु ।’
 

ad
ad