१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १६ सोमबार
  • Monday, 09 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण १६ सोमबार २१:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

किर्ते मतदाता नामावली छानबिनको माग राख्दै आयोगको कार्यालय घेराउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १६ सोमबार २१:४८:oo

बसाइँसराइको फर्जी कागजात बनाएर मतदाता नामावलीमा नाम समावेश गरेकालाई कारबाही नगरिएको भन्दै काठमाडौंको जिल्ला निर्वाचन कार्यालय घेराउ गरिएको छ। नेपाली कांग्रेस काठमाडौं  क्षेत्र नम्बर ४ ले देशका विभिन्न स्थानबाट बुढानीलकण्ठ नगरपालिकामा बसाइँसराइको फर्जी कागजात बनाएर मतदाता नामावलीमा नाम समावेश गरेको भन्दै घेराउ गरेको हो।

कांग्रेस क्षेत्र नम्बर ४ सभापति श्याम संगतका अनुसार १३ जनाको यस्ता शंकास्पद कागजात भेटिएको छ। ‘१३ जनाको कागजात हामीले पाएका छौँ। उनीहरूले काठमाडौंबाहिरका जिल्लाबाट बसाइँसराइको कागजात बनाएर नामावलीमा नाम समावेश गरिएको देखिन्छ। हजारौँको संख्यामा यस्ता नामावली समावेश भएको हाम्रो अनुमान छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘यसरी समावेश भएकाहरूले बसाइँ सरेर आएको स्थानीय तहबाट बसाइँसराइको कागजात पेस गरेको पनि देखिँदैन। बसाइँ सरेर आएका वडामा पनि दर्ता भएको देखिँदैन।’

स्थानीय तह निर्वाचनपछि असार १ बाट संकलन भइरहेको मतदाता नामावली संकलनका क्रममा हजारौँको संख्यामा फर्जी कागजातका आधारमा नाम समावेश गरिएको कांग्रेसको आरोप छ। कांग्रेसले यसबारे निर्वाचन आयोग,  जिल्ला प्रहरी परिसर, काठमाडौं, सर्तकता केन्द्र, जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायतमा सरकारी कागजात किर्तेको आरोपमा मुद्दा चलाउन माग गरेको छ।