१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १६ सोमबार ०७:१७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

डिडिसीको एक करोड २० लाख ठगीको आरोपमा व्यापारी पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १६ सोमबार ०७:१७:००

सरकारी स्वामित्वको दुग्ध विकास संस्थानलाई एक करोड २० लाख ठगी गरेको आरोपमा वीरगन्जका व्यवसायी देवेन्द्रप्रसाद चौरासिया पक्राउ परेका छन् । संस्थानबाट उत्पादित दुग्धजन्य पदार्थ वीरगन्ज क्षेत्रमा ढुवानी तथा बिक्री वितरणको जिम्मा लिएका उनले त्यसको भुक्तानीमा ठगी गरेका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत बिहीबार उनलाई पक्राउ गरेको हो । चौरासियाले एक करोड २० लाख रुपैयाँ ठगी गरेको भन्दै संस्थानले सिआइबीमा उजुरी दिएको छ । 

देवेन्द्र तेल मिलका सञ्चालक चौरासियाले सामानको भुक्तानी गर्दा संस्थानको राजस्व खातामा अकाउन्टपेयी चेक जम्मा गर्दै आएका थिए । तर, सो खातामा पैसा हुँदैन थियो । त्यही भौचर संस्थानको कार्यालयमा पेस गरेर आफूले राजस्व जम्मा गरेको भ्रममा पारी उनले ठगी गरेका हुन् । यसमा संस्थानको हेटौँडा परियोजनामा कार्यरत केही कर्मचारीको समेत मिलेमतोको आशंका गरिएको छ । सोही कार्यालयसँग सम्झौता गरी उनले संस्थानका उत्पादन वीरगन्ज क्षेत्रमा बिक्री गर्दै आएका थिए ।

उनले जम्मा गरेको चेक बाउन्स हुँदा पनि निरन्तर उनीसँग कारोबार हुनुले कर्मचारीको समेत संलग्नताको आशंका गरिएको हो । ०७३ देखि ०७९ सम्म उनले ठगी गरेको सिआइबीले जनाएको छ ।