मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १५ आइतबार
  • Wednesday, 18 December, 2024
२o७९ श्रावण १५ आइतबार १४:२८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इरानमा बाढीका कारण ५९ जनाको मृत्यु, ३० बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १५ आइतबार १४:२८:oo

अघिल्लो सातादेखि परेको अविरल वर्षासँगै आएको बाढीमा परी इरानका विभिन्न भागमा ५९ जनाको ज्यान गएको छ। अन्य ३० जना हराइरहेका बताइएको छ।

रेड क्रिसेन्ट सोसाइटीका अनुसार  ६० वटा सहर, पाँच सय १६ गाउँ, ८५ वटा सम्पर्क सडक बाढीबाट प्रभावित भएका छन्। हालसम्म एक हजार तीन सय ३२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। पाँच हजार दुई सय १५ जनालाई खाना र वासको प्रबन्ध गरिएको छ भने नौ सय ४४ जनालाई उद्धार गरिएको छ।

राष्ट्रपति इब्राहिम राइसीले मन्त्री, देशभरका संघसंगठनका प्रमुख तथा मुलुकका अन्य प्रशासकहरूलाई सम्भावित बाढीबाट जनधनको रक्षाका निम्ति उपलब्ध स्रोत–साधन परिचालन गर्न निर्देशन दिएका छन्। रासस/सिन्ह्वा