निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज ९ आइतबार
  • Sunday, 25 September, 2022
२०७९ श्रावण १२ बिहीबार १६:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वराष्ट्रपति यादवद्वारा भोकेसनल सेन्टरको बहुउद्देशीय भवन शिलान्यास

Read Time : < 1 मिनेट
२०७९ श्रावण १२ बिहीबार १६:२७:००

पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाल भोकेसनल सेन्टरको बहुउद्देशीय भवन शिलान्यास गरेका छन् । बिहीबार काभ्रेको पनौती नगरपालिका– ४ स्थित डिहीगाउँमा बन्न लागेकोे भवनको पूर्वराष्ट्रपति यादवले शिलान्यास गरेका हुन् । भवनको शिलान्यास गर्दै पूर्वराष्ट्रपति डा. यादवले शिक्षित नागरिक नभए राष्ट्र विकास नहुने बताए । देशमा शिक्षित र दक्ष जनशक्ति तयार गर्न सेन्टरले योगदान दिइरहेको उनको भनाइ थियो । ‘शिक्षित नागरिक जहाँ हुँदैन राष्ट्र विकास हुँदैन । युवाहरूलाई शिक्षित र दक्ष बनाउन यस भोकेसनल सेन्टर लागिपर्छ भन्ने विश्वास छ,’ डा. यादवले भने, ‘दक्ष जनशक्ति उत्पादन भएपछि देशको बेरोजगार घट्नेछ ।’ 

कार्यक्रममा पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल भइरहेको अवस्थामा ऐतिहासिक कलाकृति निर्माणका लागि तालिम दिने संस्था पनौतीमा स्थापना हुनु आवश्यक रहेको बताए । प्राविधिक तथा व्यावसायिक तालिम परिषद्सँग आबद्ध नेपाल भोकेसनल एकेडेमी एक सेवामूलक संस्था भएको ऐकेडेमीका अध्यक्ष रवीन्द्र पुरीले बताए । ‘हाम्रो मुख्य उद्देश्य भन्नु नै अहिलेका युवा जमातलाई तालिम दिई रोजगारी प्रदान गर्नु हो । वर्तमान परिवेशलाई मध्यनजर राख्दै हामीले विशेषतः परम्परागत घर निर्माणसम्बन्धी दक्ष जनशक्ति उत्पादनमा विशेष जोड दिएका छौँ,’ पुरीले भने । 

१०७ रोपनी जग्गा हस्तान्तरण
रवीन्द्र पुरी फाउन्डेसनद्वारा नेपाल भोकेसनल सेन्टरलाई एक सय सात रोपनी जग्गा हस्तान्तरण गरिएको छ । पनौती नगरपालिका– ४ डिहीगाउँमा बहुआयामिक भवन निर्माणका लागि फाउन्डेसनले जग्गा हस्तान्तरण गरेको हो । सेन्टरको पहिलो बहुआयामिक भवन (स्नाइडर भवन) निर्माणका लागि जर्मन नागरिक हान्स ज्वाकिम स्नाइडरले  सात करोड रुपैयाँ सहयोग गरेका छन् ।