१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १२ बिहीबार
  • Sunday, 29 September, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण १२ बिहीबार १३:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्थायी समितिमा प्रचण्डको ब्रिफिङ– गठबन्धनबाट दायाँबायाँ गर्न हुँदैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १२ बिहीबार १३:३६:oo

सत्तारूढ दल माओवादी अध्यक्ष प्रचण्डले अहिलेकै गठबन्धनलाई निरन्तरता दिएर संघ र प्रदेशको आसन्न निर्वाचनमा भाग लिनुपर्ने बताएका छन् । कोटेश्वरस्थित पेरिसडाँडामा रहेको पार्टी केन्द्रीय कार्यालयमा आज बसेको स्थायी समिति बैठकमा प्रचण्डले अहिलेको गठबन्धनबाट दायाँबायाँ गर्न नहुने बताएका हुन् । 

महाधिवेशन सकिएको लामो समयसम्म पनि पार्टी पदाधिकारी चयन गर्न नसकेका वेला माओवादीका शीर्ष नेता रहेको स्थायी समितिको आज बैठक बसेको थियो । तर, बैठकले पदाधिकारी चयन र स्थायी समितिलाई पूर्णता दिनेबारे कुनै ठोस निर्णय लिएन । 

यस सम्बन्धमा भोलि शुक्रबार बिहान ८ बजे पुनः बस्ने बैठकमा थप छलफल हुने नेताहरूले बताएका छन् । 
आजको बैठकमा बोल्दै प्रचण्डले अहिले विचार मिल्ने वामपन्थी पार्टीहरूबीच पनि सहकार्यका लागि प्रयास भइरहेको जानकारी गराएका थिए । 

बैठकपछि स्थायी समिति सदस्य राम कार्कीले बैठकमा अध्यक्ष प्रचण्डले विचार मिल्ने शक्तिहरूबीचको सहकार्यका लागि प्रयास भइरहेको, तर आगामी निर्वाचनका सवालमा मुख्य गरी अहिलेकै सत्तागठबन्धनलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए । 

स्थायी समितिका अर्का सदस्य हरिबोल गजुरेलले बैठकमा अध्यक्षले अब कांग्रेससँगै सहकार्य हुने भन्दै दायाँबायाँ गर्न नहुने बताएको जानकारी दिए ।