१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
सौरभ यादव राजविराज
२o८१ असोज १२ शनिबार २२:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तकोशीको बहाव ६ लाख क्युसेक प्रतिसेकेन्ड पुग्यो, पश्चिमी तटबन्धतर्फ कटान सुरु

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार २२:o२:oo

सप्तकोशी नदीमा पानीको बहाव ६ लाख क्युसेक प्रतिसेकेन्ड पुगेको छ। कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार केहीबेरअघिबाट नदीमा पानीको बहाव ६ लाख क्युसेक प्रतिसेकेन्ड पार भएको हो।

केहीअघिबाटै कोशीको पानी ब्यारेजको पुलमाथिबाट बग्न थालेको थियो। ब्यारेजको एक देखि १९ नम्बरसम्मको ढोकानजिक भएर पुलमाथिबाट पानी बगिरहेको छ। 

यससँगै नदीले पश्चिमी तटबन्धतर्फ कटान सुरु गरेको छ। नदीमा पानीको बहाव अत्यधिक भएपछि आज बिहानबाटै कोशी ब्यारेजका ५६ वटा ढोका खोलिएका छन् भने कोशी ब्यारेज नियन्त्रण कक्षले ‘रेडअलर्ट’ जारी गरेको छ। 

साथै, जोखिम बढ्दै गएको भन्दै स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि यातायातका साधन आवजावतमा रोक लगाएको छ।