१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १२ शनिबार २o:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नागढुंगा पहिरो अपडेटः पाँच शव भेटिएको माइक्रो बसको नम्बर खुल्यो, बसबाट निकालियो नौवटा शव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार २o:४८:oo

काठमाडौं र धादिङको सिमानामा पर्ने झ्याप्लेखोलामा आज बिहान गएको पहिरोमा पुरिएर मृत्यु भएका १४ मध्ये पाँच माइक्रो बसका यात्रु र नौ बसका यात्रु रहेको खुलेको छ।

घटनास्थलमा परिचालित सुरक्षाकर्मीले अहिलेसम्म दुईवटा सवारीसाधनबाट १४ यात्रुको शव निकालेका हुन्। माइक्रो बसबाट पाँच र बसबाट नौ शव निकालिएको घटनास्थलमा खटिएका प्रहरी नायब उपरीक्षक सूर्यप्रसाद सुवेदीले जानकारी दिए। डिएसपी सुवेदीका अनुसार माइक्रो बसको नम्बर खुलेको छ भने बसको नम्बर यकिन हुन सकेको छैन।

‘झ्याप्ले खोलास्थितमा पहिरोले पुरिएको अवस्थामा  लु. १ज ४५७८ नम्बरको माइक्रो बसबाट पाँचवटा शव निकालिएको हो,’ डिएसपी सुवेदीले भने, ‘यस्तै, अल्फाबेट नम्बर केही नखुलेको बसबाट नौ गरी १४ जनाको शव निकालिएको छ। उद्धार कार्य अझै जारी छ।’

शनिबार बिहान आएको पहिरोले सवारीसाधन पुरेको थियो। कति सवारीसाधन पुरिएका हुन् र तिनमा कति यात्रु थिए भन्ने अझै यकिन हुन सकेको छैन।