१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
तस्बिर : नयाँ पत्रिका अर्काइभ।
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १२ शनिबार २१:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तीन दिन विद्यालय बन्द गर्न पालिकाहरूलाई संघीय सरकारको अनुरोध

विश्वविद्यालय र परिषद्लगायत सबै शैक्षिक संस्थाका परीक्षा स्थगन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार २१:३८:oo

संघीय सरकारले तीन दिन विद्यालय बन्द गर्न सबै स्थानीय सरकारहरूलाई अनुरोध गरेको छ। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाढीपहिरोले देशभर प्रभाव पारेपछि तीन दिन विद्यालय बन्द गर्न पालिकाहरूलाई अनुरोध गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले शनिबार अपराह्न विज्ञप्ति जारी गर्दै बाढीपहिरोको असर सबैतिर परेको भन्दै तीन दिन विद्यालय बन्द गर्ने व्यवस्था मिलाउन सबै स्थानीय तहलाई आग्रह गरेका छन्।

देशभर अविरल वर्षाका कारणले विश्वविद्यालय र विद्यालयका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढीपहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको, दैनिक जीवनयापनमा समेत कठिनाइ भएको तथा बाढीपहिरोमा परेकालाई विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपरेकोले तीनदिन विद्यालय बन्द गर्न अनुरोध गरिएको प्रवक्ता भट्टराईले बताए।

मन्त्रालयले  भौतिक क्षतिको विवरण विश्वविद्यालय अनुदान आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत मन्त्रालयमा पठाउनसमेत अनुरोध गरेको छ।

साथै, मन्त्रालयले हाललाई विश्वविद्यालय, परिषद्लगायत सबै शैक्षिक संस्थाका परीक्षा स्थगन गरी परिवेश आकलन गरेर उपयुक्त समयमा सञ्चालन गर्न पनि अनुरोध गरेको छ।