१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
२o८१ असोज १२ शनिबार o७:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कुलेखानीको जलाशयमा पानी भरिएपछि दुवै ढोका खोलियो

तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार o७:२४:oo

अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय इन्द्रसरोवर भरिएपछि आज बिहानै दुवै ढोका खोलिएका छन्।

शनिबार बिहान ४:५० बजेको समयबाट कुलेखानी जलाशय भरिएर ओभर फ्लो भएको कुलेखानी जलविद्युत आयोजनाले जनाएको छ । जलाशयको क्षमताभन्दा बढी पानी संकलन भएको र पानी पर्ने क्रम झनै बढेपछि जलासयको दुवै ढोका आम्सिक रुपमा खुला गरेको कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

उनका अनुसार कुलेखानीमा हाल एक हजार ५३०.२८ मिटर पानीको सतह मापन गरिएको छ। कुलेखानीमा प्रतिघण्टा ३७ मिटर पानी संकलन भइरहेको उनको भनाइ छ।

वर्षा भइरहेकाले कुलेखानीमा थप पानी संकलन गर्ने अवस्था नरहेको ढोका खोलिएको भट्टले बताए । ड्यामको सुरक्षाका लागि विद्युत उत्पादन पनि नियमित भइरहेको पनि उनले जानकारी । 

यसैबीच, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलवालले सरोवरको पानी सिस्नेरी खोला हुँदै बागमती नदीमा मिसिने भएकाले इन्द्रसरोवर, भीमफेदी, बागमती गाउँपालिकासहित सिन्धुलीको हरिहरपुरगढी, रौतहटको नुनथर क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका छन् । जोखिम क्षेत्रमा सुरक्षा निकायलाई हाइ अलर्ट रहन निर्देशन गरिएको उनको भनाइ छ ।