Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण ११ बुधबार १२:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वस्थ पत्रकारिताबाट मात्रै सुशासन र दिगो विकासको लक्ष्य सम्भव छ : मन्त्री कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण ११ बुधबार १२:३५:००

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वस्थ पत्रकारिताबाट मात्रै सुशासन र दिगो विकासको लक्ष्य सम्भव रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सुशासन र दिगो विकासको लक्ष्य प्राप्तिका लागि स्वस्थ पत्रकारिता आवश्यक रहेको बताएका हुन् ।

उनले सुशासन र दिगो विकासको लक्ष्य प्राप्त गर्न स्वस्थ, सत्यतथ्य, सिर्जनशील र व्यावसायिक पत्रकारिता आजको आवश्यकता रहेको बताए । मन्त्री कार्कीले सरकार संविधानले परिकल्पना गरेको नागरिकको स्वतन्त्र अभिव्यक्ति र स्वतन्त्रतालाई संरक्षण र सम्वर्द्धन गर्न प्रतिबद्ध रहेको बताए । उनले सरकारले खुला समाज, स्वतन्त्र समाजको निर्माण गरेर दक्षिण एसियामा नै उदाहरणीय मुलुकको रूपमा आफूलाई स्थापित गर्न चाहेको बताए । 

मन्त्री कार्कीले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति वर्तमान सरकार प्रतिबद्ध रहेको बताए । उनले स्वस्थ र सत्यतथ्य आलोेचनाले प्रजातन्त्रलाई बलियो बनाउँछ भन्ने कुरामा सरकार पूर्ण रूपले सचेत र विश्वस्त रहेको उल्लेख गरे ।