मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ६ शुक्रबार
  • Tuesday, 17 December, 2024
अर्थ डिजिटल संस्करण

बजेटले लिएको ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य चुनौतीपूर्ण : राष्ट्र बैंक

Read Time : < 1 मिनेट
कृष्ण रिजाल, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण ६ शुक्रबार १७:o९:oo

चालू आर्थिक वर्ष ०७९/८० को बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण हुने नेपाल राष्ट्र बैंकले औँल्याएको छ। सरकारले चालू आवमा ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ। तर, राष्ट्र बैंकले बाह्य तथा आन्तरिक कारण उक्त आर्थिक वृद्धि हासिल गर्न चुनौतीपूर्ण हुने बताएको हो।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष ०७९/८०को मौद्रिक नीतिले आर्थिक वृद्धिमा सघाउने दाबी भने गरिएको छ। मौद्रिक नीतिले चालू आवको आर्थिक परिदृश्य औँल्याउँदै औसतभन्दा उच्च आर्थिक वृद्धि हासिल हुने भए पनि लक्ष्य प्राप्ति चुनौतीपूर्ण हुने जनाएको हो।

‘नेपालमा कोभिड संक्रमण कम हुनुको साथै यसविरुद्धको खोप सहज रूपमा उपलव्ध भएको छ। पर्यटक आगमनमा सुधार आउन थालेको छ। रोजगारीको लागि बाह्य मुलुक जाने नेपालीहरूको संख्या बढेको छ। स्थानीय तहको निर्वाचन सम्पन्न भैसकेको छ भने संघीय संसद् तथा प्रदेश सभाको चुनाव हुन गइरहेको छ। यसले गर्दा आन्तरिक माग बलियो रहने देखिन्छ। साथै, निर्माणाधीन केही जलविद्युत् परियोजनाहरू सम्पन्न भई करिब ७०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप हुने क्रममा रहेको छ,’ मौद्रिक नीतिमा उल्लेख छ, ‘उपर्युक्त पृष्ठभूमि तथा बजेट वक्तव्य ०७९/८० मा समावेश भएका नीतिगत व्यवस्था र कार्यक्रम कार्यान्वयनका अतिरिक्त उद्योगको क्षमता उपयोगसमेत बढ्ने आधारमा आर्थिक वृद्धि औसतभन्दा उच्च रहने देखिन्छ। तथापि, रासायनिक मलको अभाव, बाह्य क्षेत्रमा रहेको दबाब, तरलता संकुचन र मूल्यवृद्धि जस्ता पक्षहरूले अपेक्षित आर्थिक वृद्धि हासिल गर्ने दिशामा भने केही चुनौती सिर्जना गर्ने देखिन्छ।’