नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरअन्तर्गतको बैंक दर १.५ प्रतिशतले बढाएको छ।
शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएका हुन्। योसँगै बैंक दर ८.५ प्रतिशत पुगेको छ। यसैगरी नीतिदर सात प्रतिशत कायम गरिएको छ।