१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार ११:o६:oo
Read Time : > 2 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

रुस–अमेरिका सम्बन्ध : पृथ्वीमा वैमनस्यता, अन्तरिक्षमा सहकार्य

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:o६:oo

युक्रेनमाथि फेब्रुअरीमा रुसी आक्रमणपछि परराष्ट्र मामिलामा अमेरिका र रुसबीचको सम्बन्ध बिग्रिए पनि अन्तरिक्षमा भने उनीहरूको सहकार्यमा कुनै असर परेको छैन । रोस्कोसमोसका प्रमुख रोगोजिनको बर्खास्तीलाई दुई मुलुकबीचको अन्तरिक्षलाई सहज बनाउने प्रयासको रूपमा पनि हेरिएको छ ।

अमेरिकी निजी रकेट कम्पनी स्पेस–एक्सले अब अन्तर्राष्ट्रिय केन्द्र (आइएसएस) मा फाल्कोन–९ रकेट प्रक्षेपण गर्दा त्यसमा सवार अन्तरिक्षयात्रीमध्ये एकजना रुसी नागरिक पनि हुनेछन् । अमेरिकी अन्तरिक्ष संस्था नासा र रुसी अन्तरिक्ष एजेन्सी रोस्कसमोसले गत शुक्रबार रुसी अन्तरिक्षयात्रीलाई अमेरिकामा निर्मित अन्तरिक्षयानमा यात्रा अनुमतिका लागि सहमति दिएको घोषणा गरे । सहमतिअनुरूप यसबापत नासाका अन्तरिक्षयात्रीले पनि रुसी सोयुज रकेटमा आइएसएसको यात्रा गर्न सक्नेछन् । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार नै अन्तरिक्ष गतिविधि निरीक्षण गर्ने रोस्कोसमोसका प्रमुख दिमित्री रोगोजिनलाई बर्खास्त गर्ने अध्यादेशमा हस्ताक्षर पनि गरे । रोगोजिनले सन् २०१६ देखि रोस्कोसमोसका नेतृत्व गरिरहेका थिए । युक्रेनमाथि फेब्रुअरीमा रुसी आक्रमणपछि परराष्ट्र मामिलामा अमेरिका र रुसबीचको सम्बन्ध बिग्रिए पनि अन्तरिक्षमा भने उनीहरूको सहकार्यमा कुनै असर परेको छैन । रोस्कोसमोसका प्रमुख रोगोजिनको बर्खास्तीलाई दुई मुलुकबीचको अन्तरिक्षलाई सहज बनाउने प्रयासको रूपमा पनि हेरिएको छ । पछिल्लो समय रोगोजिनले रुसी मिडिया तथा समाजिक सञ्जालमा अमेरिकासँगको सम्बन्धविरुद्ध चर्को अभिव्यक्ति दिन थालेका थिए । 

गत अप्रिलमा रोगोजिनले पश्चिमी शक्तिले रुसविरुद्ध लगाएको आर्थिक प्रतिबन्ध नहटाए रुसले अमेरिकासमेतको संलग्नता रहेको बहुराष्ट्रिय अन्तरिक्ष केन्द्र आइएसएस छोड्नुपर्ने बताएका थिए । उनले यससम्बन्धी प्रस्ताव रुसी सरकारसमक्षसमेत बुझाएको बताएका थिए । यो साता युरोपेली अन्तरिक्ष एजेन्सीले मंगल ग्रहमा रोबोटिक यान बनाउन रुससँग गरिरहेको सहकार्य तोडेको औपचारिक घोषणा गर्‍यो । त्यसपछि रोगोजिनले आइएसएसमा रुसी अन्तरिक्षयात्रीले युरोपेली रोबोटिक संयन्त्र प्रयोग गर्न बन्द गर्ने घोषणा गरे । रोगोजिनले युरोपेली अन्तरिक्ष एजेन्सीका महानिर्देशक जोसेफ एस्बाकर र युरोपेली संघको विदेश नीति अधिकारी जोसेप बोरेल फन्टेलेसविरुद्ध अपमानजनक शब्द बोल्न थालेका थिए । ‘मैले आइएसएसमा रहेका हाम्रा सदस्यलाई युरोपियन सामान प्रयोग नगर्न आदेश दिएको छु । एस्बाकर र उनका मालिक बोरेल आफैँ अन्तरिक्ष जाऊन् र कम्तीमा केही उपयोगी काम गरून्,’ रोगोजिनले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन् । 

रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री एस पेस्कोभले रोगोजिनको बर्खास्तीमा उनको पछिल्लो आक्रामक व्यवहारको कुनै सम्बन्ध नभएको जोड दिए । साथमा उनले पूर्वनिर्देशक रोगोजिन छिट्टै कुनै नयाँ जिम्मेवारीमा फर्किने पनि बताए । रोगोजिनको बहिर्गमनपछि उनको जिम्मेवारी युरी बोरिसोभले सम्हाल्नेछन् । बोरिसोभ पनि रुसको सैन्य क्षेत्रको निरीक्षण गर्ने जिम्मेवारी रहेको उपप्रधानमन्त्री पदबाट हटाएर अन्तरिक्ष क्षेत्रमा तानिएका हुन् । बोरिसोभले यसअघि उपरक्षामन्त्रीको रूपमा पनि काम गरिसकेका छन् । 

नासा अधिकारीहरू पृथ्वीको भूराजनीतिक असर अन्तरिक्षमा पर्न नदिन सचेत छन् । त्यसैले रोगोजिनको पछिल्ला आक्रामक टिप्पणीलाई उनीहरूले नसुनेको जस्तो गरिदिएका थिए । तर, गत साता रोस्कोसमोसले तीन रुसी अन्तरिक्षयात्रीले आइएसएसमा युक्रेनबाट स्वतन्त्रता घोषणा गरेका दुई प्रान्तको झन्डा बोकेको फोटो सार्वजनिक गरेपछि भने नासाले आक्रोशपूर्ण विज्ञप्ति जारी गरेको थियो । त्यसबाहेक दुई संस्थाबीचको सम्बन्ध सौहार्दपूर्ण रहेको छ ।

नयाँ सम्झौताबारे प्रस्टीकरण दिँदै जारी गरिएको नासाको विज्ञप्तिमा भनिएको छ, ‘दुई मुलुकका क्रु सदस्यलाई मिलाएर उडाउँदा आइएसएसमा आवश्यक मर्मत र अन्तरिक्ष हिँड्डुल(स्पेसवाक)का लागि आवश्यक प्रशिक्षित क्रु सदस्यको उचित संख्या कायम रहनेछ ।’ उदाहरणका लागि अमेरिकी रकेटले रुसी अन्तरिक्षयात्रीलाई उडाउँदा कुनै समय सोयुज रकेटको प्रक्षेपणमा समस्या आयो भने एक बिन्दुमा सबै रुसी अन्तरिक्षयात्रीहरू पृथ्वीमा हुने अवस्था पनि आउन सक्छ । यसले आइएसएसको रुसी खण्ड खाली हुन्छ र समग्र स्टेसनलाई खतरामा पार्न सक्छ । किनकि ‘आइएसएसमा सहभागी अलग देशका खण्डहरू एक–अर्कामा निर्भर हुने गरी बनाइएका छन् । स्टेसनले काम गर्न हरेक अन्तरिक्ष एजेन्सीले सहकार्य गर्नुपर्छ । कुनै एक एजेन्सीले अरूबाट स्वतन्त्र रहेर काम गर्न सक्दैन ।’

सम्झौतामा नासा र रोस्कोसमोसबीच एकअर्काको अन्तरिक्षयात्री बोकिदिएबापत पैसा लेनदेनको कुरा उल्लेख छैन । यसअघि सन् २००६ देखि २०२० सम्म नासाले आइएसएसमा आफ्ना ७१ अन्तरिक्षयात्री पुर्‍याउन रुसी रकेट प्रयोग गरेको थियो । यी उडानका लागि उसले ५.६ करोड डलर तिरेको थियो । सन् २०११ देखि नासाले उसको अन्तरिक्षयानलाई प्रयोग बन्द गरेको थियो । नासाका अघि विगत नौ वर्ष अन्तरिक्षयात्रीलाई आइएसएसको कक्षमा पुर्‍याउने एक मात्र तरिका रुसी रकेट सोयुज नै थियो । सन् २०२० मा स्पेस–एक्सको क्रु ड्यागन प्रयोगमा आउन थालेपछि त्यो निर्भरता अन्त्य भएको छ ।

आगामी अगस्टका लागि उडाउन समय तोकिएको स्पेस–एक्सको आगामी अभियान क्रु–५ मा रुसका एकजना अन्तरिक्षयात्री अन्ना किकिना, नासाका दुई अन्तरिक्षयात्री निकोल म्यान र जोस कासाडा, जापानका कोइची वाकाटामा सामेल हुनेछन् । त्यसपछिको अर्को अभियानमा अर्का रुसी अन्तरिक्षयात्री एन्ड्रेई फेदयाभ चालक दलको सदस्य बन्नेछन् । उक्त अभियान अर्को वर्षको वसन्तमा प्रक्षेपण हुनेछ । त्यस्तै रुसी रकेड सोयुजको आगामी प्रक्षेपणमा फ्रयांक्क रुबियो र लोरल ओ’हारा चालक दलको हिस्सा हुनेछन् । – एजेन्सी

ad
ad