![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/shinzo-abe2022-07-08-02-58-30.2022-07-09-06-03-25.jpeg)
सरकारले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
आबेको गोली प्रहार गरी हत्या गरिएको घटनाको सरकारले भत्र्सना गर्दै जापान सरकार, जापानी जनता र स्वर्गीय आबेको परिवारजनप्रति समवेदना पनि व्यक्त गरेको छ ।
शुक्रबार जापानको नारा सहरमा चुनावी भाषण गर्ने क्रममा ६७ वर्षीय आबेमाथि एक ४० वर्षीय पुरुषले गोली प्रहार गरेका थिए । गोली प्रहारबाट गम्भीर घाइते भएका आबेको अस्पतालमा निधन भएको थियो ।