मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार २० सोमबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार २० सोमबार १९:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

केन्द्रीय समितिलाई पूर्णता दिन माओवादी नेतृत्वलाई दबाब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार २० सोमबार १९:४९:oo

नेकपा (माओवादी केन्द्र) मा केन्द्रीय समितिका पदाधिकारी तथा स्थायी कमिटीको गठन गर्नुपर्ने माग उठेको छ । सोमबारको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीलाई  संक्षिप्त प्रतिक्रया दिँदै पार्टी प्रवक्ता कृष्णबहादुर महराले बैठकमा केन्द्रीय समितिका पदाधिकारी र स्थायी कमिटीको गठन गर्नुपर्ने माग उठेको जानकारी दिए । उनले बैठकमा आज ४१ जना नेताहरूले भाग लिएको र स्थानीय चुनावसम्बन्धी समीक्षा, पार्टी निर्माणबारेका विषयमा विशेष कुरा उठाएको बताए ।

महराका अनुसार आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनबारे नेताहरूले आ–आफ्नो धारणा राखेका छन्। ‘मूलभूत रूपमा कमरेडले उठाएका विषयहरूमा स्थानीय चुनावसम्बन्धी समीक्षा, त्यसपछि पार्टी निर्माणबारेका कुरामा अलि बढी केन्द्रित गरेर सबै विषयवस्तु राख्नुभयो,’ प्रवक्ता महराले भने, ‘केन्द्रीय समितिका पदाधिकारी, स्थायी कमिटीको गठन गर्नुपर्छ भन्ने सुझाव राख्नुभयो । भोलि अध्यक्षले प्रतिवेदनमा स्पष्टीकरण दिनुहुनेछ ।’

प्रवक्ता महराले केन्द्रीय कमिटीको अर्को बैठक मंगलबार बस्ने र बैठकमा अध्यक्ष दाहालले प्रतिवेदनमाथि उठेका प्रश्नको स्पष्टीकरण दिने बताए ।