मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ असार १७ शुक्रबार ०६:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोटरसाइकल र साइकल ठोक्किँदा दाङमा दुईजनाको मृत्यु, दुई घाइते

Read Time : < 1 मिनेट
२०७९ असार १७ शुक्रबार ०६:०१:००

मोटरसाइकल र दुईवटा साइकल ठोक्किएर दुर्घटना हुँदा दाङमा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलचालक घोराही उपमहानगरपालिका– १५ का ३५ वर्षीय गंगाबहादुर कवर र सोही वडाका साइकलयात्री १६ वर्षीय रितेश केसी छन् । दुवैको उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार रा.३प २९२२ नम्बरको मोटरसाइकल र साइकल  बिहीबार राति पानै नौ बजेतिर घोराही उपमहानगरपालिका–  ७ बेसाईनजिक ठोक्किएका हुन् । मोटरसाइकल सौडियारबाट घोराहीतर्फ आउँदै गरेको थियो । 

दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकलमा सवार घोराही उपमहानगरपालिका– ७ बस्ने ३८ वर्षीय वसन्त चौधरी र अर्का साइकलयात्री सोही वडाका १५ वर्षीय विनोद भण्डारी छन् । घाइते दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।