मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार १३ सोमबार १८:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवनमा छोराले गरे आफ्नै आमाको हत्या

Read Time : < 1 मिनेट
२०७९ असार १३ सोमबार १८:५०:००

चितवनमा छोराले आफ्नै आमाको हत्या गरेका छन् । सोमबार माडी नगरपालिका–६, स्याउलीबासकी ५५ वर्षीया मायादेवी तामाङलाई उनकै छोरा अर्जुन तमाङले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

घरबाट सय मिटरपर मकैबारीमा अर्जुनले पछाडिबाट आमालाई धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार मायादेवीको घटनास्थलमा नै मृत्यु भएको थियो ।

हत्या गर्ने छोरा तामाङलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।