Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ असार १२ आइतबार १७:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

इलाममा बोलेरो दुर्घटना, तीनको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ असार १२ आइतबार १७:२१:००

इलाममा सडक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दमक–चिसापानी सडक खण्डअन्तर्गत माङसेबुङ–२, दहगाउँमा बोलेरो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ–५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदमकुमारी लावती र माङसेबुङ–६ का ५० वर्षीय प्रकाश राई रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए । हिमप्रसाद र प्रकाशको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । पदमकुमारीको भने उपचारका लागि दमक ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको उनले बताए । 

मे १ ज ४८७ नम्बरको बोलेर पाँचथरको मिक्लाजुङस्थित रविबाट झापाको दमक आउँदै गरेको थियो । उक्त बोलेरो अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेको एसपी श्रेष्ठले जानकारी दिए। दुर्घटनाको थप कारण नखुलेको उनले बताए । उनका अनुसार घटनास्थलमा सवारीचालक फेला नपरेकाले खोजी कार्य भइरहेको छ ।