मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार १० शुक्रबार १८:२९:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

चलचित्र कृष्ण लीलाको ‘ए मेरो हजुर’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १० शुक्रबार १८:२९:००

नेपाली चलचित्र कृष्ण लीलाको ‘ए मेरो हजुर’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा नायक पुष्प खड्का र श्रद्धा क्षेत्रीको अभिनय छ ।

रवि ओड र सुनिता कार्कीको स्वर रहेको गीतको संगीत डा. डि.आर. उपाध्यायले भरेका छन् । त्यस्तै सिलान लम्सालले सम्पादन गरेको भिडियो दीपक वलीले निर्देशन गरेका हुन् । भिडियोको कोरियोग्राफी माइकल चन्दले गरेका हुन् भने छायांकन उत्सव दाहालले गरेका छन् । 

गीत सार्वजनिक भएपछि नायक पुष्प खड्काले मौसमसँग च्यालेन्ज गरेर भिडियो बनाइएकोले उत्कृष्ट रहेको बताए । भिडियोको सुटिङ पाँच हजार २ सय मिटिरको उचाइमा भएको बताए । त्यस्तै, मोडेल श्रद्धा क्षेत्रीले गीतले राम्रो चर्चा पाउने बताइन् । गायक रवि ओडले म्युजिक भिडियोको लागि भनेर गीत गाए पनि पछि फिल्ममा हाल्ने कुराले उत्साहित बनाएको बताए । गायक ओडले फिल्ममा आएको आफ्नो पहिलो गीत नै ए मेरो हजुर भएको बताए ।