मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार १० शुक्रबार
  • Tuesday, 15 July, 2025
तस्बिर : दीपेन्द्र ढुंगाना
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १० शुक्रबार १३:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कम्युनिस्ट पार्टी विदेशीका इसारामा नाच्दैन : अध्यक्ष नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १० शुक्रबार १३:५५:oo

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीहरू कहिल्यै विदेशीसामु लम्पसार नपर्ने बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनले देशभक्तिलाई महत्व दिने उल्लेख गर्दै उनले राष्ट्र, राष्ट्रियताको रक्षा र राष्ट्रको मर्यादामा रहने कुरालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्ने गरेको बताए।

‘हाम्रो दिमागमा तीनवटा कुरा सदैव रहनुपर्छ। आफ्नो देश, राष्ट्र, राष्ट्रप्रतिको समर्पणभाव, देशभक्तिको भावना। यसबाट हामी विचलित हुन सक्दैनौँ। कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनले देशभक्तिलाई महत्व दिन्छ। विदेशीहरूको सामु लम्पसार पर्दैन। विदेशीहरूका सामु घुँडा टेक्दैन। विदेशीका इसारामा नाच्दैन। विदेशीहरूको स्वादमा चल्दैन,’ उनले भने।

अध्यक्ष नेपालले परिस्थितिको विश्लेषण गर्नु अहिलेको आवश्यकता रहेको भन्दै परिस्थितिको ठोस विश्लेषण गर्न सके मात्र सही नीति तर्जुमा गर्न सकिने र पार्टी बलियो बन्ने धारणा राखे।