१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o९:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

हवाई भाडा प्रतियात्रु आठ सय ४० रुपैयाँसम्म बढ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:३७:oo

नेपाल आयल निगम (एओसी)ले हवाई इन्धनको मूल्यवृद्धि गरेपछि हवाई भाडा पनि बढेको छ । नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि लागू हुने गरी आन्तरिक उडानको हवाई भाडा प्रतियात्रु आठ सय ४० रुपैयाँसम्म बढाएको हो ।

निगमले आइतबार हवाई इन्धनको मूल्य एकैपटक प्रतिलिटर १९ रुपैयाँ बढाएको हो । यसअघि प्रतिलिटर एक सय ६६ रुपैयाँ रहेको हवाई इन्धनको मूल्य बढेर एक सय ८५ रुपैयाँ पुगेको छ । विमानको उडान सञ्चालन लागतमा धेरै हिस्सा इन्धनको रहने हुँदा तेलको भाउ बढ्नेबित्तिकै भाडा पनि बढ्ने गर्छ । पछिल्लो सात महिनामा हवाई इन्धनको मूल्य लिटरमै सय रुपैयाँ बढिसकेको छ ।

०७८ कात्तिकमा हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ थियो । रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढेपछि त्यसको प्रभाव नेपाली उड्डयन क्षेत्रसम्म आइपुगेको हो । आयल निगमले पेट्रोलको मूल्य पनि प्रतिलिटर २१ रुपैयाँ बढेर एक सय ९९ र डिजेल–मट्टीतेलको मूल्य प्रतिलिटर २७ रुपैयाँ बढाएर एक सय ९२ रुपैयाँ पुर्‍याएको छ ।

सबैभन्दा धेरै हवाई भाडा काठमाडौं–धनगढी रुटमा प्रतियात्रु हवाई भाडा आठ सय ४० रुपैयाँ बढेर अधिकतम १६ हजार आठ सय पाँच पुगेको छ । यस्तै, काठमाडौं–नेपालगन्ज उडानमा प्रतियात्रु ६ सय २० रुपैयाँ भाडा बढेर अधिकतम १३ हजार आठ सय १५ पुगेको छ । काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६ सय ५५ रुपैयाँ भाडा बढेर १४ हजार सात सय २०, काठमाडौं–भद्रपुर उडानमा पाँच सय ७० रुपैयाँ भाडा बढेर १२ हजार आठ सय पाँच, काठमाडौं–विराटनगर यात्रामा चार सय ५५ रुपैयाँ बढेर १० हजार ८० रुपैयाँ भाडा पुगेको संघले जनाएको छ ।

काठमाडौं–जनकपुर रुटमा दुई ४५ रुपैयाँ भाडा बढेर अधिकतम पाँच हजार सात सय ९५, काठमाडौं–भरतपुर रुटमा दुई सय बढेर चार हजार नौ सय ३५, काठमाडौं–पोखरा तीन सय बढेर ६ हजार नौ सय पाँच, काठमाडौं–भैरहवा तीन सय ९५ रुपैयाँ बढेर आठ हजार पाँच सय ७५, काठमाडौं–तुम्लिङटार यात्रामा तीन सय ५० रुपैयाँ बढेर आठ हजार एक सय १० र काठमाडौं–सिमरा रुटमा एक सय ७० रुपैयाँ भाडा बढेर चार हजार एक सय ९५ रुपैयाँ पुगेको छ । पोखरा, नेपालगन्ज र विराटनगरलाई बेस (आधार) बनाएर उडान हुने गन्तव्यमा पनि हवाई भाडा बढेको छ ।

सार्वजनिक सवारीसाधनको भाडा वृद्धि 
सार्वजनिक सवारीसाधनको भाडा पनि उच्च दरले बढेको छ । इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्थाअनुरूप यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुवाहक तथा मालवाहक यातायातमा भाडा बढाएको हो । विभागले अधिकतम ७ दशमलव ७ प्रतिशतसम्म भाडा बढाएको छ ।

अन्तरप्रदेश सार्वजनिक यात्रुवाहक सवारीसाधनमा ५.३० प्रतिशतले भाडा बढेको छ । त्यस्तै, पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा ६.९४ तथा तराईमा चल्ने मालवाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडा बढेको छ । स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत् रहनेछ । डिजेलको मूल्य २७ प्रतिशत बढेकाले सोअनुसार भाडा समायोजन गरिएको विभागले जनाएको छ ।

ad
ad