१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ६ सोमबार
  • Saturday, 05 July, 2025
२o७९ असार ६ सोमबार ११:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पसल र घरमा लुकाइराखेको अवस्थामा प्रतिबन्धित लागुऔषध फेला, तीनजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार ६ सोमबार ११:४३:oo

 सिराहाको लहान नगरपालिका– ८ मा प्रहरीले एक पसल र घरमा छापा मारेर  प्रतिबन्धित लागुऔषधसहित तीनजनालाई नियन्त्रणमा लिएको । लहान नगरपालिका– ८ का मो. अफजलले सञ्चालन गरेको आल्मुनियम पसल र लहान नगरपालिका– १ का दयाराम ठाकुरको घरमा गयराति छापामारी गर्दा प्रतिबन्धित लागुऔषध बरामद भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

प्रहरीले प्रतिबन्धित लागुऔषध सहित तीन जनालाई नियन्त्रणमा लिएको हो । पसल र घरमा छापामारी गर्ने क्रममा प्रतिबन्धित फेनारागन– ६४५ एम्पुल, डाइजिल्याब–६ ४५ एम्पुल, ब्युप्रिनोर्फिन– ६४५ एम्पुल, नाइट्राभेट ट्याब्लेट ४८० पिस, डाइलेक्स डिसी ४३९ बोतल, स्पामोप्रोक्सिभिन ४३२ ट्याब्लेट बरामद गरिएको प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमारप्रसाद मैनालीले बताएका छन् । 

प्रतिबन्धित लागुऔषधसहित मोबाइल तीन थान, नेपाली रुपैयाँ ४३ हजार पाँच सय नगद र ज.१प ४७५८ नम्बरको मोटरसाइकलसमेत बरामद भएको डिएसपी मैनालीले बताएका छन् । प्रहरीले प्रतिबन्धित लागुऔषधसहित लहान नगरपालिका– ७ का १८ वर्षीय गौतम ठाकुर, ठाकुरकै घरबाट भारतको मधुबनी खरियोग ग्राम पञ्चायत पिप्राही– १ का २७ वर्षीय धर्मेन्द्रकुमार ठाकुर र अल्मुनियम पसलबाट भारतको मधुबनी जिल्ला राजनगर थाना फेरन श्रीपट्टी घर भई लहान नगरपालिका– ५ मा बस्दै आएका २१ वर्षीय मोहमद अख्तरलाई नियन्त्रणमा लिइएको डिएसपी मैनालीले बताएका छन् । नियन्त्रणमा लिएका तीनैजनालाई आवश्यक अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ ।