१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १३:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सामाजिक सुरक्षा कोषबाट एक अर्ब ४३ करोड दाबी भुक्तानी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १३:५५:oo

सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई झन्डै डेढ अर्ब भुक्तानी गरेको छ। कोषले यही असार २ गतेसम्म योगदानकर्तालाई विभिन्न सुविधा शीर्षकमा रु एक अर्ब ४३ करोड ५३ लाख भुक्तानी गरेको हो।

कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत १० हजार ५९६ योगदानकर्तालाई रु १९ करोड ४५ लाख छ हजार ९७९ र ४९६ योगदानकर्तालाई दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबापत रु एक करोड ९१ लाख ३१ हजार १०६ दाबी भुक्तानी दिएको छ।

आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत २१० योगदानकर्ताका परिवारलाई रु तीन करोड तीन लाख ६६ हजार ३९३ र वृद्धावस्था सुरक्षा योजनाबापत १७ हजार ७७२ योगदानकर्तालाई रु एक अर्ब १९ करोड १३ लाख १८ हजार ५७० भुक्तानी गरिएको कोषले जनाएको छ। कोषले योगदानकर्तालाई चार वटा सुविधा उपलब्ध गराउँदै आएको छ। विसं २०६७ चैत ७ गते स्थापना भएको कोषले २०७५ मङ्सिर ११ गतेदेखि योजना कार्यान्वयनमा ल्याएको थियो।

रोजगारदाताका तर्फबाट २० र श्रमिकको ११ प्रतिशत गरी २१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ। त्यसरी जम्मा गरिएको योगदान रकममध्येबाट एक प्रतिशत औषधिउपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, १.४ प्रतिशत दुर्घटना र अशक्तता सुरक्षा योजना, ०.२७ प्रतिशत आश्रित परिवार सुरक्षा योजना र २८.३३ प्रतिशत वृद्धावस्था सुरक्षा योजनामा बाँडफाँड हुनेछ।
 
वृद्धावस्था सुरक्षा योजनाअन्तर्गतको २८.३३ प्रतिशतमध्येबाट निवृत्तिभरण योजनामा २० प्रतिशत र अवकाश योजनामा ८.३३ प्रतिशत जम्मा हुने व्यवस्था मिलाइएको छ। निवृत्तिभरण योजनामा जम्मा भएको रकम निश्चित समयपछि योगदानकर्ताले आवश्यक परेको अवस्थामा निकाल्न सक्नेछन्। 

कोषमा हालसम्म रु १८ अर्ब ८३ करोड योगदान रकम संकलन भएको छ। जेठ मसान्तसम्म कोषमा तीन लाख ४० हजार ८४६ योगदानकर्ता सूचीकृत भएका छन्। सो अवधिमा १७ हजार १३० रोजगारदाता आबद्ध भएको कोषले जनाएको छ। रासस

ad
ad