१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ४ शनिबार
  • Saturday, 21 September, 2024
तस्बिर : रासस
२o७९ असार ४ शनिबार १२:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान : प्रधानमन्त्री देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार ४ शनिबार १२:४१:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिने बताएका छन्। धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवनको शनिबार उद्घाटनका क्रममा प्रधानमन्त्री देउवाले गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि आवश्यक कानुन छिट्टै ल्याइने बताए।

'गेटामा प्रतिष्ठान बनाउने विश्वास दिलाउन चाहन्छु। क्याबिनेटबाट निर्णय गरेर छिट्टै विधेयक ल्याउछौँ,' देउवाले भने। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले भौतिक संरचना तयार भइसकेको गेटामा प्रतिष्ठान वा मेडिकल कलेज के संचालन गर्ने भन्नेबारे छिटो निर्णय गर्न प्रधानमन्त्री देउवालालाई आग्रह गरेका थिए।

गेटामा मेडिकल कलेजका लागि भनेर भवनहरू निर्माण भए पनि मेडिकल कलेज, प्रतिष्ठान वा विश्वविद्यालय कुन मोडालिटीमा सञ्चालन गर्ने भन्नेबारे सरकारले टुंगो लगाउन सकेको छैन। प्रतिष्ठान वा विश्वविद्यालय संचालन गर्न माग गर्दै यहाँका स्थानीयले सरकारलाई दबाब दिँदै आएका छन्।

प्रधानमन्त्री देउवाले तीनै तहका सरकारले मिलेर काम गर्नुपर्ने धारणा राखे। उनले सार्वजनिक क्षेत्र अतिक्रमण रोक्नसके मात्र धनगढीलाई सुन्दर सहरका रूपमा विकास गर्न सकिने भन्दै यहाँका जनप्रतिनिधिलाई अतिक्रमण नियन्त्रणमा ध्यान दिन आग्रह गरे।