१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ असार २ बिहीबार १०:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पल्लोटारीका पहिरोपीडितलाई वासकै चिन्ता, नयाँ घरको आसमा दुई वर्षदेखि टहरामै

Read Time : < 1 मिनेट
२०७९ असार २ बिहीबार १०:१९:००

दुई वर्षदेखि टहरामै जीवन निर्वाह गर्दै आएका मर्स्याङ्दी गाउँपालिका– ३ पल्लोटारीका पहिरोपीडितको नयाँ घरमा बस्ने सपना अझै पूरा भएको छैन । नयाँ घरमा सर्ने  सपना अधुरै रहेको पहिरोपीडित विष्णुमाया अछामी बताउँछिन् । पहिरोले घर बगाएदेखि दुई वर्षको बर्खा टहरामै बितेको उनी गुनासो गर्छिन् । पहिरो गएलगत्तै सरकारका प्रतिनिधिले घर बनाउने आश्वासन दिए पनि पीडितले अहिलेसम्म घर पाएका छैनन् । ०७७ साउन ७ र ८ गते पल्लोटारीमा गएको पहिरोले २१ घर पुरेको थियो ।

पहिरोले ५४ घर उच्च जोखिममा परे । गाउँका चार सयजना एकैपटक विस्थापित भएका थिए । उनीहरूलाई तत्काल उद्धार गरी तरापुको देवीथानमा राखियो । संघ, प्रदेश, स्थानीय सरकार, विभिन्न संघसंस्था, स्थानीयको सहयोगमा अस्थायी टहरा निर्माण गरिएको थियो । ‘पटक–पटक सरकारका प्रतिनिधिले घर बनाउने आश्वासन सुनाए । दुई वर्ष बित्न लाग्यो, तर पीडितको नयाँ घरमा बस्ने सपना भने पूरा भएन,’ पहिरोमा परी घाइते भएकी सिर्जना गोतामेले भनिन् । उनी भन्छिन्, ‘पहिरोले घर नै पुरियो, बर्खा लाग्यो टहरामा कसरी बस्ने हो । पहिरो पीडितका लागि घर बनाउन जग्गाको व्यवस्थापन भई पुनर्निर्माण सुरु भए तापनि अझै घर नबन्दा पहिरोपीडित चिन्तामा छन् ।’

पल्लोटारीका ५४ घर चालू आर्थिक वर्षमा पुनर्निर्माण हुनेछन् । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पहिरोपीडितले पहिलो किस्ताबापतको रकम लिएर पुनर्निर्माणको काम अघि बढाएको बताए । पीडितले पहिलो किस्ता पाएर घर पुनर्निर्माण सुरु गरे पनि दोस्रो र तेस्रो किस्ता नपाउँदा  घर अधुरै रहेको खुदी युथ क्लबका अध्यक्ष सोमबहादुर  तामाङले बताए । घर बनाउन लाभग्राहीले चार लाख ५० हजार रुपैयाँका दरले पाउनेछन् । यसमा संघीय सरकारको ६० प्रतिशत, प्रदेश सरकारको ३० प्रतिशत र स्थानीय सरकारको १० प्रतिशत लगानी हुनेछ ।