१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ २३ सोमबार ०८:००:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जिसस निर्वाचन : अधिकांश जिल्लामा गठबन्धन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ २३ सोमबार ०८:००:००

सत्तारूढ गठबन्धनले जिल्ला समन्वय समितिको निर्वाचनमा पनि अधिकांश स्थानमा बर्चस्व हासिल गर्ने आकलन गरेको छ । जिल्लागत विवरण संकलनका आधारमा गठबन्धनले यस्तो निष्कर्ष निकालेको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिले प्रारम्भिक रूपमा ११ जिल्लामा एमाले र केहीबाहेक अधिकांशमा गठबन्धन विजयी हुने निष्कर्ष निकालेको हो । केही जिल्लामा स्वतन्त्र र गठबन्धनबाहेकका दलको निर्णायक भूमिका रहने उसको ठहर छ ।

समिति सदस्य केशवराज जोशीका अनुसार हाल जिल्लागत तथ्यांक संकलन भइरहेको छ । समितिको बैठक बसेर बाँकी विषय टुंगो लगाउने उनको भनाइ छ। ‘जिल्लागत विवरण आउने क्रम जारी छ । त्यस आधारमा तथ्यांकको विश्लेषण भइरहेको छ,’ उनले भने, ‘समितिको बैठक बसेर बाँकी विषय टुंगो लगाउँछ ।’गठबन्धनको विश्लेषणअनुसार एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट भने जिससमा एकल नेतृत्वको सम्भावना छैन । यी दलले गठबन्धनमा सहमति भएर केही जिल्लामा नेतृत्व पाउन सक्ने अवस्थाबाहेक गठबन्धनमा सहयोगी मात्रै बन्नेछन् । गठबन्धनले स्थानीय तह निर्वाचनको समीक्षा गर्दै जिससमा पनि गठबन्धन कायम गर्ने निर्णय गरेको थियो । 

गठबन्धनले १५ जिल्लामा कांग्रेस, ११ जिल्लामा एमाले र चार जिल्लामा माओवादी केन्द्रले एकल बहुमतबाट जिससको नेतृत्व लिने तथ्यांक निकालेको छ । यसबाहेक ४७ जिल्लामा गठबन्धन र एमालेको भोट क्रस हुने, गोलाप्रथामार्फत विजयी घोषणा गर्नुपर्ने, गठबन्धन दलबीच तालमेल हुन नसकेको अवस्थामा एमाले विजयी हुने आकलन छ । 

गठबन्धनले धनकुटा, मोरङ, झापा, लमजुङ, पाल्पा, अर्घाखाँची, नवलपुर, दैलेखलगायतका जिल्लामा एमालेले जित हासिल गर्ने निष्कर्ष निकालेको छ । धनुषा, सर्लाही, काठमाडौं, दाङ, बाँके, बर्दिया, डोटी, अछाम, डडेल्धुरा, कञ्चनपुर, बाजुरा, ताप्लेजुङ, भोजपुरलगायतका जिल्लामा कांग्रेस नेतृत्वमा जिसस गठन हुनेछ । माओवादीको रुकुम पूर्व, रोल्पा, रुकुम पश्चिम र गोरखामा स्पष्ट बहुमत छ ।